देशका विभिन्न भागमा हिमपातसहित हिउँदे वर्षा

नौलो समाचार संवाददाता
२०७७ माघ २४, शनिबार मा प्रकाशित ९९६ पटक पढिएको
देशका विभिन्न भागमा हिमपातसहित हिउँदे वर्षा

माघ २४, काठमाडौँ । लामो खडेरीपछि शुक्रबार देशका विभिन्न भागमा हिमपातसहित हिउँदे वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि नै मौसममा बदलाव आएको हो ।

उक्त प्रणालीका कारण अझै केही दिन हिमपातसहितको परिवर्तन हुने मौसमविद्हरूले बताएका छन् ।

विगतका वर्षहरूमा माघसम्म धेरै पटक हिमपात र वर्षा हुने गरे पनि यो वर्ष बिहीबार मात्र हिउँदे वर्षा सुरु भएको हो । मुलुकको पश्चिमका कही भागमा भने गत मंसिरमा हल्का वर्षा भए पनि हिउँ पर्न सकेको थिएन । माघ अन्तिम साता आएर सुदूरपश्चिमका उच्च हिमाली भागमा बिहीबार रातिदेखि नै हिमपात सुरु भएको थियो भने शुक्रबार उच्च हिमाली भागहरूमा भारी हिमपात भएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका सबैजसो हिमाली जिल्लामा हिमपात भएको छ । हिमाली क्षेत्रमा यो पटक ढिलो गरी हिउँ परेको हो । पूर्वी भागका हिमाली क्षेत्रमा भने खासै हिमपात भएको छैन । जल तथा मौसम विज्ञान विभागको हावापानी विज्ञान तथा हावापानी विश्लेषण महाशाखाका अनुसार मुलुकका १९५ वटा वर्षा मापन केन्द्रमध्ये शुक्रबार ६४ वटा केन्द्रले वर्षा रेकर्ड गरेको छ ।

जसमध्ये सबभन्दा बढी कालीकोटको मान्म केन्द्रमा २०।२ मिलिमिटर रेकर्ड भएको छ । २९ वटा केन्द्रमा ५ मिमिभन्दा बढी, ११ केन्द्रमा १० मिमिभन्दा बढी र एउटा केन्द्रमा २० मिमिभन्दा बढी वर्षा भएको छ । शुक्रबार सुदूरपश्चिमको डडेलधुरामा ९१२।२ मिमि०, दिपायलमा ९८ मिमि०, जुम्लामा ९८।६ मिमि०, पोखरामा ९५।९ मिमि०, नेपालगन्जमा ९३।८ मिमि०, वीरेन्द्रनगरमा ९३।२ मिमि०, भैरहवामा ९३ मिमि०, लुम्लेमा ९२।७ मिमि० धनगढीमा ९१।४ मिमि०, काठमाडौंमा ९०।१ मिमि० र दाङ, घोराहीमा ९०।३ मिमि० वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस