प्यासन फ्रूट (लहरे आँप) एक अमृत सरह फल

नौलो समाचार संवाददाता
२०७७ माघ २४, शनिबार मा प्रकाशित ३१०० पटक पढिएको
प्यासन फ्रूट (लहरे आँप) एक अमृत सरह फल

माघ २४, काठमाडौं। प्यासन फल नेपालका लागि एक बिल्कुल नौलो फल हो । तर विश्वमा यसको महत्त्व व्यापक छ । नुवाकोटको सुन्दरादेवीका केही किसानले यो खेती गरेता पनि व्यावसायिक खेती भने हुन सकेको छैन ।

लहरे आँप अथवा षडरस लहरामा फल्ने एक प्रकारको फल हो । यसको नाम आँप भए पनि यो फल साधारण आँपभन्दा पूर्ण रूपमा फरक हुन्छ । यो फल दक्षिण अमेरिकाको रैथाने वनस्पति हो ।

यो फल स्वास्थ्यका हिसाबले अमृत फल मानिन्छ । यो फल केही महंगो परेता पनि स्वास्थ्यका हिसाबले खासै महंगो मान्न सकिन्न । नेपालमा यो फललाई लहरे आँप भनेर पनि चिनिन्छ ।

यो एक किसिमको लहरे फल भएका कारण यसलाई ‘भाइन म्यङगो’ पनि भनिन्छ। यसको फूल पनि निकै आकर्षक रङ्गिन हुन्छ । प्यासन फल पर्पल र ट्रोपिकल गरी २ किसिमका हुन्छन् ।

ट्रोपिकल जातको प्यासन फल पर्पलभन्दा छिटो फुल्छ र फल दिन्छ । एक पटक रोपेपछि ५ देखि ७ वर्षसम्म प्यासन फलले उत्पादन दिरहन्छ । काँचो प्यासन फलमा ७२ प्रतिशत पानी, २२ प्रतिशत कार्बोहाइडेड, २ प्रतिशत प्रोटिन र ०.७ प्रतिशत चिल्लो पदार्थ हुन्छ। ब्राजिल हुँदै यो फल श्रीलंका, इन्डोनेसिया, इण्डिया हुँदै नेपाल छिरेको हो । गाउँघरमा यदाकदा पाइने यो फलको व्यावसायिक खेती भने खासै गरेको पाइन्न ।

साधारणतया १८ ग्राम प्यासन फलमा १७ क्यालोरी, फाइबर २ ग्राम, भिटामिन सी ९ ग्राम, भिटामिन ए ८ ग्राम, आइरन २ ग्राम र पोटासियम २ ग्राम हुन्छ । यदि तपाईं सर्जरी अपरेसनको दौरानमा हुनुहुन्छ भने यो फल सेवन नगर्दा राम्रो मानिन्छ ।

यो फल खाँदा के–के फाईदा मिल्छ ?

– डाइबिटिजका रोगीका लागि अमृत सरह
– नियमित सेवन गर्दा क्यान्सर हुनबाट जोगाउँछ
– मुटु सम्बन्धी रोग लाग्नबाट जोगाउँछ
– मस्तिष्कका लागि अति उपयोगी फल
– हड्डी र दाँत मजबुत गराउँछ
– ब्लड सर्कुलेसन सहज गराउँछ
– गर्भवती महिलाका लागि अति उपयोगी
– वजन घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ
– छालामा मुलायमपन ल्याउन मद्दत गर्छ
– सधैं जवान देखिने राज हुन्छ
– उच्च रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ
– शरीरमा ज्यादा कोलस्टोर नियन्त्रण गर्न प्रमुख भूमिका खेलेको हुन्छ।

प्रतिक्रिया दिनुहोस