चौबीस घण्टामा विश्वमा ३ लाख ५५ हजारमा कोरोना संक्रमण, भारतमा एक दिनमै १२० संक्रमितको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ माघ २४, शनिबार मा प्रकाशित ६७८ पटक पढिएको

चौबीस घण्टामा विश्वमा ३ लाख ५५ हजारमा कोरोना संक्रमण, भारतमा एक दिनमै १२० संक्रमितको मृत्यु

माघ २४, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ५५ हजार ४१ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ४३ लाख ७० हजार ५५० जनामा कोरोना संक्रमण भइसकेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण १० हजार ४२२ जनाको मृत्यु भएको छ । तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ लाख ७१ हजार १८० पुगेको छ ।

भारतमा कोरोनाले १ लाख ५४ हजारको मृत्यु

भारतमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ८२३ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १२० संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४०८ कोरोना संक्रमित थपिएका छन् । भारतमा हालसम्म १ करोड ८ लाख २ हजार ५९१ जनामा कोरोना संक्रमण भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस