पाँचखाल नगरपालिकाले बहुउद्देशीय नर्सरी स्थापना गर्ने

नौलो समाचार संवाददाता
२०७७ माघ २६, सोमबार मा प्रकाशित १२९४ पटक पढिएको
पाँचखाल नगरपालिकाले बहुउद्देशीय नर्सरी स्थापना गर्ने

माघ २६, काभ्रे।  जिल्लाको पाँचखाल नगरपालिकाले बहुउद्देशीय नर्सरी स्थापना गर्ने भएको छ । यस चालु आर्थिक वर्ष २०७७/७८ को संघिय सरकारबाट हस्तान्तरित कार्यक्रम अन्र्तगर्त बहुउद्देशीय नर्सरी स्थापना गर्न लागीएको नरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद हुमेगाईले जानकारी दिए ।

उक्त कर्यक्रममा लागी राष्ट्रिय फलफुल बिकास कार्यक्रम सशर्त अनुदान नेपाल सरकारबाट दुई लाख रुपैंया प्राप्त भएको छ । नर्सरी स्थापना गर्न चाहाने ईच्छुक फर्म,कम्पनी वा ब्यक्तीले ५० प्रतिशत लागत साझेदारी गर्नु पर्ने नगरपालिकाले जनाएको छ ।

साथै १५ दिन भित्र आवश्यक कागजात सहित पालिकाको कृषि तथा सहकारी शाखामा निवेदन पेश गर्न नगरबासीमा नगरपालिकाले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस