पनौती नगरपालिकाद्वारा माटो परिक्षण तथा पाडी वितरण कार्यक्रम निरन्तर 

नौलो समाचार संवाददाता
२०७७ माघ २७, मंगलबार मा प्रकाशित १४८५ पटक पढिएको
पनौती नगरपालिकाद्वारा माटो परिक्षण तथा पाडी वितरण कार्यक्रम निरन्तर 

माघ २७, काभ्रे । कृषि उत्पादनमा बृद्धि, व्यावशायिक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्य सहित पनौती नगरपालिकामा बृहत माटो परिक्षण शिविर संचालन भैरहेको छ । पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखाको पहलमा माटो तथा मल परिक्षण प्रयोगशाला हेटौडाको प्राविधिक सहयोगमा माटो परिक्षण शिविर संचालन भैरहेको कृषि तथा पशुपन्छी शाखा प्रमुख मणीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

माटो परिक्षणका लागि पनौती नगरका वडा नम्बर ८, १० र ११ का स्थानिय कृषकहरुको सहभागिता उल्लेख्य छ भने अन्य वडाहरुबाट पनि परिक्षणका लागि आउने क्रम जारी छ । युरिया लगायत रासायनिक मलको अत्याधिक प्रयोग र एकै वर्षमा चार वटासम्म बाली लगाउनाले माटो विग्रन गई माटोबाट विरुवालाई प्राप्त हुने तत्वहरु नष्ट हुदै जाने माटो विज्ञहरुको भनाई छ ।

 

‘हरेक बालि वा बिरुवाको बिउ माटोमा छरे देखि बिरुवा हुर्किइ यसले अनाज दिने बेलासम्म चाहिने सम्पुर्ण खाद्यतत्वहरू बिरुवाले माटोबाटै लिन्छ । जसकारण पनि माटोको अवस्था बिग्रन नदिन उपयुक्त समय समयमा माटो परीक्षण गर्नु अति आवश्यक हुन्छ ।’ प्रमुख सापकोटाले भन्नुभयो । माटो परिक्षण गराउन खेतबारीमा बालि नभएको यो समय उपयुक्त भएकोले कृषकलाई परिक्षणमा सहभागी हुन उहाले आग्रह पनि गर्नुभएको छ ।

परिक्षण अवधिभर ६ सय भन्दा बढी माटोका नमुना परिक्षण गरिने र माटो परिक्षण शुल्क प्रति नमुना ७२.५० पैसा नगरपालिकाले नै बेहोर्ने प्रमुख सापकोटाले बताउनुभयो ।

यस्ता कार्यक्रमहरुले युरिया मलको प्रयोग कम गर्ने, कम्पोष्ट मलको प्रयोगलाई प्रोत्साहन गर्दै कृषकलाई व्यावशायिक खेती तर्पm अभिप्रेरित भई अर्थिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने उहाँको विश्वास रहेको छ । कार्ययोजना बनाई माटो परिक्षण शिविर प्रत्येक हप्ता चलाउन आफुहरुले पहले गर्ने शाखा प्रमुख सापकोटाको भनाई छ ।

भैसीको पाडी वितरण कार्य पनि निरन्तर

 

पनौती नगरपालिकाका १२ वटा वडामा भैँसीका पाडी (थोर) वितरण कार्य पनि निरन्तर चलिरहेको छ । चालु आर्थिक वर्षमा ५ सय ६ वटा भैँसीको थोर वितरण गर्ने लक्ष्य रहेको पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणीप्रसाद सापकोटाले जानकारी दिनुभयो । ३ सय ६ वटा भैँसीका पाडी (थोर) नगरपालिकाको आन्तरिक श्रोतबाट र २०० वटा भैँसी प्रवद्र्धन कार्यक्रम अन्र्तगत संघ, प्रदेश, नगर र किसानको साझेदारीमा वितरण हुने उहाँको भनाई छ ।

भैँसीको दुधमा फ्याट र पौष्टिक तत्व धेरै हुने भएता पनि भैँसीलाई मासुजन्य पदार्थको लागि धेरै प्रयोग हुदा भैँसी नै लोप हुने अवस्थालाई मध्येनजर गर्दै पनौती नगरमा भैँसी संरक्षण कार्यक्रम ल्याईएको प्रमुख सापकोटाले बताउनुभयो ।

यस्तै कृषकलाई प्रोत्साहन स्वरुप भैँसी सुत्केरी भत्ता कार्यक्रम पनि निरन्तर चलिरहेको उहाँलो बताउनुभयो । पहिलो वर्ष ५ लाख सुत्केरी भत्ता वितरण गरएिको र हालसम्म सबै वडामा गरी १४ लाख रकम भैँसी सुत्केरी भत्तामा खर्च गरिएको प्रमुख सापकोटाले बताउनुभयो । सुत्केरी भत्ता ४/४ महिनामा ३ पटक वितरण गर्ने तालिका रहे पनि कोभिड–१९ का कारण २ पटक मात्र वितरण गरिएको उहाँलो जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस