काभ्रेको पाँचखालमा कोदालोको विडले हानेर एक बृद्धको हत्या

नौलो समाचार संवाददाता
२०७७ माघ ३०, शुक्रबार मा प्रकाशित ६१४ पटक पढिएको
काभ्रेको पाँचखालमा कोदालोको विडले हानेर एक बृद्धको हत्या

माघ ३०, काभ्रे। काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं ७ होक्से स्थित जोरपिपलमा कोदालोको विडले हानेर छोराले आफ्नै बुबाका हत्या गरेका छन् ।

पाँचखाल वडा नं ७ का ३८ वर्षीय राजु गौतमले कोदालोको विडले हानेर आफ्नै बुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

५५ वर्षीय बलराम गौतमलाई आफ्नै छोरा राजुले कोदालोको विडले हान्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुमार विक्रम थापाले जानकारी दिए ।

उनका अनुसार प्रहरीलाई घटनाबारेमा आज बिहान ५:३० बजे जानकारी भएको छ । घटनापश्चात राजु हिरासत रहेको सूचना अधिकारी थापाले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस