काभ्रेली साहित्यकार ध्रुबकृष्ण ताम्राकार सम्मानित

नौलो समाचार संवाददाता
२०७७ माघ ३०, शुक्रबार मा प्रकाशित ९३९ पटक पढिएको
काभ्रेली साहित्यकार ध्रुबकृष्ण ताम्राकार सम्मानित

माघ ३०, काभ्रे। चर्चित साहित्यिक पत्रिका अक्षरमार्गका सहसम्पादक तथा गीतकार ध्रुबकृष्ण ताम्राकार संसाक तेज–शोभा गीत तथा गजल सम्मानबाट सम्मानित भएका छन ।

लामो समयदेखि साहित्यमा कलम चलाइ रहेका काभ्रे पनौतीका ताम्राकालाई संसाक मासिकले एक समारोह बीच काठमाडौंमा सम्मान गरेको हो ।

ताम्राकारका आँसुको कथा कथा संग्रह, प्रारम्भ र हृदयका उद्गार गरी दुईओटा कविता संग्रह, भवनाका उत्सर्ग गीत संग्रह, स्पन्दन मुक्तक संग्रह प्रकाशित छन ।

उनीसँगै काभ्रेकै कवयित्री सरस्वती चिमौरीया पनि सम्मानित भएकी छिन ।

प्रतिक्रिया दिनुहोस