साहित्यकार तुयुकाजी ताम्राकारको ’लुकेको क्षितिज’ विमोचन

नौलो समाचार संवाददाता
२०७७ फागुन १, शनिबार मा प्रकाशित १०७८ पटक पढिएको
साहित्यकार तुयुकाजी ताम्राकारको ’लुकेको क्षितिज’ विमोचन

फागुन १, काभ्रे । काभ्रे पनौतीका साहित्यकार तुयुकाजी ताम्राकारको कविता संग्रह ’लुकेको क्षितिज’ विमोचन गरिएको छ । ज्ञानविकास पुस्तकालय पनौतीमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवालले उक्त साहित्यिक कृति सार्वजनिक गर्नुभएको हो ।

’लुकेको क्षितिज’ कविता संग्रह साहित्यिक त्रैमासिक पत्रिका अक्षरमार्ग नेपालले प्रकाशन गरेको हो ।

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार मोहन दुवालले साहित्य समाजलाई सहि बाटो देखाउन मार्गदर्शक भएको उल्लेख गर्दै कुनै पनि मानिसले मृत्यु पर्यन्त पनि राष्ट्रले स्मरण गररिहने काम गर्नुपर्ने बताउनुभयो । साहित्यकार दुवालले कवि तुयुकाजी ताम्राकारलाई शुभकामना प्रदान गर्दै राजनीति भन्दा पनि साहित्यलाई सशक्त बनाएर समाज र जनमानसमा ल्याउन आग्रह गर्नुभयो ।

यस्तै पुस्तकका बारेमा पनौती साहित्य समाजका अध्यक्ष रामसुन्दर देउजाले चर्चा–परिचर्चा गर्नुभयो । पुस्तकबाट साहित्यकार द्वय ध्रुबकृष्ण ताम्राकार र सुभद्रा दाहालले कविता वाचन गर्नभएको थियो । साहित्यकार सूर्यप्रसाद लाकोजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरष्ठि लोक गायक मच्छेश्वर सापकोटा, कवि तुयुकाजी ताम्राकार, केशव थापा लागायतलतले मनतव्य व्यक्त गरेका थिए ।

कवि तुयुकाजी ताम्राकारका यस अघि पनौतीका प्राचिन कथा भाग १ र २, तरङ्गित छालहरु(कविता संग्रह), तीन धामको यात्रा त्यसभित्रको कथा(यात्रा वर्णन) र पर्वतराजमा आनन्द (यात्रा वर्णन) जस्ता कृतिहरु प्रकाशन भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस