लाकोजूको स्वर्णिम धुनसँगै आसामको स्पर्श

नौलो समाचार संवाददाता
२०७७ फागुन १, शनिबार मा प्रकाशित ९८५ पटक पढिएको
लाकोजूको स्वर्णिम धुनसँगै आसामको स्पर्श

फागुन १, काभ्रे । काभ्रे पनौतीका साहित्यकार सूर्यप्रसाद लाकोजू क्रियाशीलताको हिसाबले एउटा ‘पूर्णकालीन साहित्यिक कार्यकर्ता’ नै हुन् । साहित्य सिर्जना, अनुसन्धान एवम् साहित्यिक पत्रकारितामार्फत् नेपाली साहित्यको क्षत्रमा आफ्नो बलियो उपस्थिति जनाइसकेका लाकोजू पछिल्लो समयमा मूलतः कवितामा बढी केन्द्रित रहेका छन् ।

गद्य कविताका साथै गीतिकविता, मुक्तक र हाइकुका पुस्तकहरु समेत प्रकाशित गरिसकेका लाकोजूले एकै हप्तामा स्वर्णिम धुन मुक्तक संग्रह र आसामको स्पर्श नियात्रा संग्रह प्रकाशन गरेका छन ।

साहित्यकार सूर्य लाकोजूद्वारा लिखित आसामको स्पर्श नियात्रा सङ्ग्रह छिमेकी देश भारतको आसाममा साहित्यिक कार्यक्रममा भ्रमणमा जाँदाका अनुभूति संगालेर लेखिएको उक्त पुस्तकमा आसामको भौगोलिक वर्णनका साथै त्यहाँको संस्कृत , रहनसहन , भाषा, परम्परा आदिका बारेमा समेत पुस्तकमा चर्चा गरिएको छ भने स्वर्णिम धुन मुक्तक सङ्ग्रहमा देशभक्ति, राजनैतिक विकृति, मानविय प्रवृत्ति, मायाप्रेम तथा समसामयिक विषयमा केन्द्रित रहेर रचिएका १०१ वटा मुक्तकहरू रहेका छन ।

नेपाली साहित्य र पत्रकारितामा लामो समयदेखि सकृय लाकोजूका हालसम्म मुक्तक सङ्ग्रह, कविता सङ्ग्रह, प्रवन्धात्मक पुस्तक, हाइकु सङ्ग्रह, गीत सङ्ग्रह, बालसाहित्यका पुस्तकहरू गरी दुई दर्जन कृति प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस