कोरोना विरुद्धको दोस्रो चरणको खोप: आज काभ्रेमा २ सय ७६ जनाले लगाए

नौलो समाचार संवाददाता
२०७७ फागुन ३, सोमबार मा प्रकाशित ८०२ पटक पढिएको
कोरोना विरुद्धको दोस्रो चरणको खोप: आज काभ्रेमा २ सय ७६ जनाले लगाए

फागुन ३, काभ्रे । काभ्रेमा आज कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप २ सय ७६ जनाले लगाएका छन् । धुलिखेल अस्पताल र मेथिनकोट अस्पतालमा गरी आज २ सय ७६ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

दोस्रो चरणको खोपमा पहिलो चरणमा छुट भएका स्वास्थ्य मातहतका व्यक्तिहरु, स्थानीय पालिकाका जनप्रतिनिधि तथा अन्य कर्मचारी, निजामति सेवाका कर्मचारी, जनपथ प्रहरी र खोप केन्द्रमा खटिएका ससस्त्र प्रहरी रहेका छन् ।

त्यसैगरी बैंक तथा तथा वितिय संस्थाका कर्मचारी, प्राधिकरण र संस्थामा कार्यरत कर्मचारी, न्याय सेवा समुहका कर्मचारी, पत्रकार, एम्बुलेन्स तथा शव वाहन चालक तथा सहचालकहरु र शव व्ययवस्थापनमा प्रत्यक्ष खटिने व्यक्तिहरु रहेका छन् । यस्तै कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप अभियानमा ३ हजार ४ सय ९४ जनालाई खोप लगाईएको छ ।

उपचार पछि थप ३ जना डिस्चार्ज

त्यसैगरी आज कोरोना भाईरसका संक्रमित मध्ये उपचार पछि थप ३ जना डिस्चार्ज भएका छन् । जिल्लामा हाल जम्मा ७ जना कोरोनाका सकृय सक्रिमित रहेका स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनुभयो । जसमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय काभ्रका अनुसार ति मध्ये ७ जना नै होम आईसोलेसनमा रहेका छन् । अस्पताल आईसोलेसनमा रहेनेको संख्या भने शुन्य नै रहेको छ।

प्रतिक्रिया दिनुहोस