नेपाल पुस्तक तथा स्टेसनरि ब्यवसायी महासंघ काभ्रेले भोलि शैक्षिक सामाग्री बितरण गर्दै

नौलो समाचार संवाददाता
२०७७ फागुन ३, सोमबार मा प्रकाशित ५९५ पटक पढिएको

नेपाल पुस्तक तथा स्टेसनरि ब्यवसायी महासंघ काभ्रेले भोलि शैक्षिक सामाग्री बितरण गर्दै

फागुन ३, काभ्रे । नेपाल पुस्तक तथा स्टेसनरि ब्यवसायी महासंघ काभ्रे जिल्ला शाखाले भोलि (मंगलबार) सरस्वती पूजा एवंम् पुस्तक दिबसको उपलक्ष्यमा एक सामुदायिक बिद्यालयका बिद्यार्थीहरु लाई शैक्षिक सामाग्री बितरण गर्ने भएको छ ।

शैक्षिक सामाग्री बितरण कार्यक्रमका लागि सरस्वती पूजा एवंम् पुस्तक दिबसको उपलक्ष्यमा भोलि (मंगलबार) बिहान ९:३० बजे हाल निर्वाचित वर्तमान अध्यक्ष भिमकुमार आचार्यको “आचार्य स्टेसनरि” मा भेला हुने बताईएको छ।

भोलि कार्यसमिति तथा लेखा समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु काभ्रे जिल्लाको नालामा रहेको श्री सृष्टिकान्त आवासी बिद्यालय जाने कार्यक्रम तय भएको नेपाल पुस्तक तथा स्टेसनरि ब्यवसायी महासंघ काभ्रे जिल्ला शाखाका सचिब राजन श्रेष्ठले जानकारी दिए ।

साथै प्रदेशमा प्रतिनिधित्व गर्नुहुने सुबिन मानन्धर र ज्ञानेन्द्र शाक्यलाई पनि भोलि (मंगलबार) हुने कार्यक्रममा आमन्त्रण गरिएको सचिब श्रेष्ठले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस