विधार्थीहरुलाई नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ काभ्रेद्वारा शैक्षिक सामाग्री सहयोग

नौलो समाचार संवाददाता
२०७७ फागुन ४, मंगलबार मा प्रकाशित ६६९ पटक पढिएको

विधार्थीहरुलाई नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ काभ्रेद्वारा शैक्षिक सामाग्री सहयोग

फागुन ४, काभ्रे । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ काभ्रे जिल्ला शाखाले आज (मंगलबार) सरस्वती पूजा तथा पुस्तक दिबसको उपलक्ष्यमा बिद्यार्थीहरु लाई शैक्षिक सामाग्री बितरण गरेको छ ।

पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ काभ्रे जिल्ला शाखाले सरस्वती पुजा तथा पुस्तक दिबसको अबसरमा एक कार्यक्रमको आयोजना गरेर काभ्रे जिल्लाको नालामा रहेको श्री सृष्टिकान्त आधारभूत बिद्यालयका विधार्थीहरुलाई स्टेशनरी तथा बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको हो ।

सृष्टिकान्त आधारभूत बिद्यालयका करिब ९० जना विधार्थीहरु लाई स्टेशनरी सामाग्री र बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेर आज सरस्वती पूजा तथा पुस्तक दिबस मनाएको नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ काभ्रे जिल्ला शाखाले जनाएको छ ।

आजको कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ काभ्रे जिल्ला शाखाका अध्यक्ष भिम प्रसाद आचार्य, निस्बर्तमान अध्यक्ष कृष्ण राम कार्की, सचिब राजन श्रेष्ठ तथा कार्य समितीमा रहनु हुने लक्ष्मी नारायण खायन्जु, शरन ढकाल, बिष्णु न्यौपाने, सचिता नन्द सापकोटा लगाएतको उपस्थिति रहेकोे थियो।


प्रतिक्रिया दिनुहोस