सरकारले भारतीय कम्पनीबाट थप २० लाख डोज कोरोना खोप ल्याउने

नौलो समाचार संवाददाता
२०७७ फागुन ४, मंगलबार मा प्रकाशित १०८९ पटक पढिएको
सरकारले भारतीय कम्पनीबाट थप २० लाख डोज कोरोना खोप ल्याउने

फागुन ४, काठमाडौं । सरकारले कोरोना खोपका लागि भारतीय कम्पनीलाई अग्रिम पैसा पठाउने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भारतीय कम्पनी सेरम इन्सटिच्युटसँग खोप किन्न लागेको हो।

खोपका लागि रकम पठाउने निर्णय भइसकेको स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले बताए।

यसअघि सरकारले सेरमसँग २० लाख डोज किन्ने निर्णय गरिसकेको थियो। थप २० लाख डोज खोप ल्याउने निर्णय भएको मन्त्री त्रिपाठीले बताए।

प्रतिखोपको चार डलरका दरले राष्ट्र बैङमार्फत पैसा पठाइने स्वास्थ्य मन्त्री त्रिपाठीले बताए।

सेरमले काठमाडौंस्थित एयरपोर्टसम्म खोप ल्याइदिने सहमतिसमेत भइसकेको उनले बताए।

अब ल्याउने २० लाख डोज १० लाखलाई पुग्ने र त्यो खोप जेष्ठ नागरिकलाई लगाउने त्रिपाठीले जानकारी दिए।

खोप निस्शुल्क दिइनेसमेत उनको भनाइ छ। अरु प्रक्रियाबाट खोप किन्दा समय लाग्ने र अरु जटिलता हुने भएकाले स्वास्थ्य सेवा विभागले सोझै खरिद गर्न लागेको समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस