सेयर बजारले नाघ्यो २६ सय अंक, इन्फ्रास्ट्रक्चर बैंकको मूल्य १० प्रतिशत बढ्यो

नौलो समाचार संवाददाता
२०७७ फागुन ४, मंगलबार मा प्रकाशित ६१६ पटक पढिएको
सेयर बजारले नाघ्यो २६ सय अंक, इन्फ्रास्ट्रक्चर बैंकको मूल्य १० प्रतिशत बढ्यो

फागुन ३, काठमाडौं । मंगलबार (आज) सेयर बजारको परिसूचक नेप्सेले २६ सय अंक पार गरेको छ। यस दिन बजार बन्द हुँदा परिसूचक २६०१ अंकमा कायम भएको छ। जुन अंक अहिलेसम्मकै उच्च हो।

यस दिन परिसूचक १५. ५ अंकले बढेको छ। यस दिन १० अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बैंकिङ ३८, विकास बैंक ६ र अन्य समूह ५ अंकले बढेका छन्। तीबाहेक सबै समूह घटेका छन्। ब्यापार ३७, होटल १३, जलविद्युत २६, फाइनान्स ९, निर्जीवन बीमा ३७, उत्पादन १११, माइक्रोफाइनान्स २४ र जीवन बीमा समूह ५४ अंकले घटेको छ।

चन्द्रागिरि हिल्स, मिर्मिरे माइक्रोफाइनान्स, इन्फ्रास्ट्रक्चर बैंक, कर्णाली विकास बैंक, सनराइज म्युचुअल फण्ड, हिमालय उर्जा विकास कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।

आजको कारोबारपछि चन्द्रागिरि हिल्सको मूल्य २२० रुपैयाँ पुगेको छ। त्यस्तै इन्फ्रास्ट्रक्चर बैंकको मूल्य ४५२ रुपैयाँ कायम भएकोछ।

त्यसपछि धेरै मूल्य बढ्नेमा सिद्धार्थ बैंक, नेपाल बैंक, ग्लोबल आइएमई र एनएमबि बैंक क्रमश रहे। सिद्धार्थको ६.८, नेपालको ५.४, ग्लोबल आइएमई ४.६ र एनएमबिको ४.२ प्रतिशतले मूल्य बढ्यो।

साधना लघुवित्तको मूल्य ६.१ प्रतिशतले घटेको छ। पाँचथर पावर कम्पनीको मूल्य ५।६ प्रतिशतले घटेको छ भने बरुण हाइड्रोपावरको मूल्य ५.५ प्रतिशतले घटेको छ।

यस दिन कारोबारका आधारमा नबिल बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ५२ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भयो।

मूल्य प्रतिकित्ता ४४ रुपैयाँले बढेर १३६५ रुपैयाँ कायम भएको छ। त्यस्तै ग्लोबल आइएमई बैंकको ४२ करोडको कारोबार भयो।


प्रतिक्रिया दिनुहोस