काभ्रेमा आज ३ सय ३८ जनाले लगाए कोरोना विरुद्धको खोप

नौलो समाचार संवाददाता
२०७७ फागुन ५, बुधबार मा प्रकाशित ५०३ पटक पढिएको

काभ्रेमा आज ३ सय ३८ जनाले लगाए कोरोना विरुद्धको खोप

फागुन ५, काभ्रे । काभ्रेमा आज कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप ३ सय ३८ जनाले लगाएका छन् । धुलिखेल अस्पताल र मेथिनकोट अस्पतालमा गरी आज ३ सय ३८ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

योसँगै दोस्रो चरणको खोप लगाउनेको संख्या १ हजार १ सय ७२ पुगेको छ ।

त्यसैगरी जिल्लामा हाल जम्मा ९ जना कोरोनाका सकृय संक्रिमित रहेका छन् । जसमा ४ जना महिला र ५ जना पुरुष रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनुभयो । ति मध्ये ९ जना नै होम आईसोलेसनमा रहेका छन् । अस्पताल आईसोलेसनमा रहेनेको संख्या भने शुन्य नै रहेको छ ।


प्रतिक्रिया दिनुहोस