पाँचखाल नगरपालिकाद्धारा बेरोजगार व्यक्तिलाई सूचिकरणको लागि अनुरोध

नौलो समाचार संवाददाता
२०७७ फागुन ५, बुधबार मा प्रकाशित ५६१ पटक पढिएको
पाँचखाल नगरपालिकाद्धारा बेरोजगार व्यक्तिलाई सूचिकरणको लागि अनुरोध

फागुन ५, काभ्रे । पाँचखाल नगरपालिकाले नगरपालिकाका बेरोजगार व्यक्तिलाई सूचिकरणको लागि अनुरोध गरेको छ । प्रधानमन्त्रि रोजगार कार्यक्रममा सहभागी गराउनको लागि नगरपालिकाका बेरोजगार व्यक्तिलाई सूचिकरणको लागि अनुरोध गरेको नगरपालिकाका योजना शाखाका प्रमुख राजेश बञ्जाराले जानकारी दिनुभयो ।

बेरोजगार व्यक्तिको नाम सूचिकरण गराएकाहरुलाई आर्थिक बर्ष २०७८/७९ मा एक सय दिन बराबरको रोजगार कार्यक्रममा सहभागि गराइनेछ । पालिकाले एक सूचना जारी गर्दै पालिकाका बेरोजगार व्यक्तिलाई सूचिकरणको लागि निवेदन दिन अनुरोध गरेको हो ।

यस कार्यक्रममा सहभागी हुन ईच्छुक १८ देखी ५९ बर्ष उमेर समूहका व्यक्तिले सम्बन्धित वडा कार्यालयमा फागुन महिना भित्र निवेदन दिन सक्नेछन् । निवेदन फागुन मसान्त सम्म दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस