आगामी निर्वाचनमा काँग्रेस वा ओली नेतृत्वले जित्ने पूर्वमन्त्री बाँस्कोटाको दाबी (भिडियो)

नौलो समाचार संवाददाता
२०७७ फागुन ५, बुधबार मा प्रकाशित ५३८ पटक पढिएको

आगामी निर्वाचनमा काँग्रेस वा ओली नेतृत्वले जित्ने पूर्वमन्त्री बाँस्कोटाको दाबी (भिडियो)

फागुन ५, काभ्रे । पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रचण्ड–नेपाल समुहप्रति अङ्कित गर्दै आगामी निर्वाचनमा या त नेपाली काँग्रेसले या त केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले जित्ने दावी गरे । आज (बुधबार) धुलिखेल नगरपालिकाको ३५ औँ स्थापना दिवस तथा काभ्रेको पहिलो बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा बोल्दै पूर्वमन्त्री बाँस्कोटाले अरु पार्टीलाई देशमा ठाउँ नरहेको बताए । सच्चा लोकतन्त्र, देशभक्ति, प्रगतिको लागि, विकासको कामलाई थप गति दिनका लागि सामाजिक न्यायका लागि, राष्ट्रिय स्वाधिनताको रक्षा गर्नका लागि र विकास वा विनाश रोज्ने अठोट बैशाख १७ गतेको निर्वाचनले टुङ्गो लगाउने बताए  ।

उनले जसले देशमाथि विदेशीले परेड खेल्दा बोल्न सकेनन्, जसले देशको विकास र प्रगतिलाई अवरोध गर्ने पार्टी र त्यसका नेताहरुले निर्वाचन जितेको खण्डमा देश अध्यारोतर्फ जाने दावी गरे ।

थप भिडियोमा हेर्नुहोस् :-


प्रतिक्रिया दिनुहोस