भूमि आयोग काभ्रेद्वारा औपचारिक रुपमा काम सुरु

नौलो समाचार संवाददाता
२०७७ फागुन ६, बिहिबार मा प्रकाशित १३०२ पटक पढिएको
भूमि आयोग काभ्रेद्वारा औपचारिक रुपमा काम सुरु

फागुन ६, काभ्रे । भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति काभ्रेले औपचारिक रुपमा काम सुरु गरेको छ ।

आज (बिहीबार) जिल्ला सदरमुकाम धुलिखेलमा कार्यालय उद्घाटन तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

कार्यक्रममा पुर्वमन्त्री गोकुल बास्कोटाले सबै नागरिकलाई भुमिको मालिक बनाउने राज्यको नीति रहेकाले पक्ष विपक्षमा नलागी न्यायपुर्ण काम गर्न आयोगलाई निर्देशन दिएका छन् ।

वर्षौदेखीको समस्या समाधान हुन लागेको भन्दै उनले कुनै बहानामा काममा अलमल गर्ने छुट आयोगलाई नरहेको समेत बताए ।

यस्तै भुमि आयोगका जिल्ला अध्यक्ष रामकृष्ण हुमागाँइले संविधान र आयोगको अधिकारभित्र रहेर भुमिहीन सुकुम्बासीलाई जग्गा दिलाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस