काभ्रेमा आज १ सय ९ जनाले लगाए कोरोना विरुद्धको खोप

नौलो समाचार संवाददाता
२०७७ फागुन ९, आईतबार मा प्रकाशित ११२० पटक पढिएको
काभ्रेमा आज १ सय ९ जनाले लगाए कोरोना विरुद्धको खोप

फागुन ९, काभ्रे । काभ्रे जिल्लामा आज (आईतबार) कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत १ सय ९ जनाले खोप लगाएका छन् ।

जिल्लाको धुलिखेल अस्पताल र मेथिनकोट अस्पतालमा गरी आज १ सय ९ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

दोस्रो चरणको खोपमा पहिलो चरणमा छुट भएका स्वास्थ्य मातहतका व्यक्तिहरु, स्थानीय पालिकाका जनप्रतिनिधि तथा अन्य कर्मचारीहरु, निजामति सेवाका कर्मचारीहरु, जनपथ प्रहरी र खोप केन्द्रमा खटिएका ससस्त्र प्रहरी रहेका छन् ।

त्यसैगरी बैंक तथा तथा वितिय संस्थाका कर्मचारीहरु, बिधुत प्राधिकरण र संस्थामा कार्यरत कर्मचारीहर , न्याय सेवा समुहका कर्मचारीहरु, पत्रकारहरु, एम्बुलेन्स तथा शव वाहन चालकहरु तथा सहचालकहरु र शव व्ययवस्थापनमा प्रत्यक्ष खटिने व्यक्तिहरु रहेका छन् ।

काभ्रे जिल्लामा कोरोना भाइरस बिरुद्धको खोपका लागि अनुमित पाएको जिल्लाको धुलिखेल अस्पताल र मेथिनकोट अस्पालमा हाल कोरोना भाइरस विरुद्धको खोपको दोस्रो चरणको कार्यक्रम सञ्चालन भइरहेको छ ।

यस अघि जिल्लामा पहिलो चरणको कोरोना विरुद्धको खोप कार्यक्रममा ३४ सय ९४ जनाले खोप लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

त्यस्तै काभ्रे जिल्लामा आज एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्ति बनेपा नगरपालिकाका रहेका छन् । योसँगै जिल्लामा कुल संक्रमित संख्या ३३ सय ४८ पुगेको छ ।

काभ्रे जिल्लामा अहिले ५ जना मात्र सक्रिय कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा।नरेन्द्र कुमार झाले बताए ।

प्रतिक्रिया दिनुहोस