धुलिखेलको श्रीखण्डपुर मा.वि.को १६ कोठे नयाँ भवन निमार्ण हुने

नौलो समाचार संवाददाता
२०७७ फागुन १०, सोमबार मा प्रकाशित १३४४ पटक पढिएको
धुलिखेलको श्रीखण्डपुर मा.वि.को १६ कोठे नयाँ भवन निमार्ण हुने

फागुन १०, काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ५ स्थित श्रीखण्डपुर माध्यमिक विद्यालयको नयाँ भवन निमार्ण हुने भएको छ । नया निमार्ण हुने भवनको आज (सोमबार) नगर प्रमुख अशोक ब्याञ्जुले शिल्यान्यास गरेका हुन् ।

एसियाली विकास बैंक (एडिवी)को सहयोगमा १६ कोठाको चार तल्ले विद्यालय भवन निर्माण हुन लागेको वडा अध्यक्ष गंगासागर रञ्जितकारले जानकारी दिए । उनका अनुसार करिब ८ करोडको लागतमा निमार्ण हुने विद्यालय भवन अपाङ्ग तथा बालमैत्री हुनेछ ।

सम्झौता अनुसार १८ महिनामा निमार्ण कार्य सम्पन्न हुने योजना रहेको वडा अध्यक्ष रञ्जितकारले बताए ।

प्रतिक्रिया दिनुहोस