काभ्रेमा हालसम्म ६ हजार ७८९ जनाले लगाए कोभिड विरुद्धको खोप

खोप लागाउन उत्साह कम
नौलो समाचार संवाददाता
२०७७ फागुन १०, सोमबार मा प्रकाशित ८८१ पटक पढिएको

काभ्रेमा हालसम्म ६ हजार ७८९ जनाले लगाए कोभिड विरुद्धको खोप

फागुन १०, काभ्रे । काभ्रे जिल्लामा हालसम्म ६ हजार ७८९ जनाले लगाए कोभिड विरुद्धको खोप लगाएका छन् । पहिलो र दोस्रो चरणको समेत गरी प्राथमिकतामा रहेका लक्षित समुहका ब्यक्तीलाई खोप दिइएको हो ।

दोस्रो चरणको लगाउन फागुन २ गते देखि सुरु भएको थियो । दोस्रो चरणमा पाँच हजार जनालाई खोप लगाउने योजना भए पनि ३ हजार २ सय ९५ जनाले मात्र खोप लगाएका छन् ।

फागुन २ गते देखि ७ गते सम्म दोस्रो चरणको खोप कार्यक्रम संञ्चालन गर्ने योजना अनुसार सुरु भए पनी खोप लगाउन लक्षीत समुहका ब्यक्तीहरु प्रयाप्त उपस्थीत नभएकाले दुई दिन थप गरिएको थियो । थपिएको अवधिमा पनी लक्षीत समुहका ब्यक्तीहरुमा खोप लागाउन उत्साह कम देखीएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए ।

पहिलो चरणमा ३ हजार ४ सय ९४ जनाले खोप लगाए 

यस्तै पहिलो चरणको खोप अभियानमा ३ हजार ४ सय ९४ जनालाई खोप लगाएका थिए । यो चरणमा पहिला छुट भएका स्वास्थ्यकर्मी लगायतका ब्यक्तिहरु,स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु,निजामती सेवामा कार्यरत कर्मचारीहरु,बैकमा कार्यरत कर्मचारीहरुलाई खोप लागाईने छ ।

यस्तै नेपाल प्रहरी,प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारीहरु,न्याय सेवा समुहका कर्मचारी,संचारकर्मीहरु, नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त सूचीमा परेका ब्यक्तिहरुलाई लक्षित गरिएको थियो । कार्यालयका प्रमुख डाक्टर झाका अनुसार फागुन २३ गते देखि अर्को चरणको खोप कार्यक्रम सुरु हुदैछ ।


प्रतिक्रिया दिनुहोस