प्रतिनिधिसभा पुनर्स्थापना : १३ दिनभित्र संसद् बैठक बोलाउन सर्वोच्चको आदेश

नौलो समाचार संवाददाता
२०७७ फागुन ११, मंगलबार मा प्रकाशित ४१५ पटक पढिएको

प्रतिनिधिसभा पुनर्स्थापना : १३ दिनभित्र संसद् बैठक बोलाउन सर्वोच्चको आदेश

फागुन ११, काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको छ । मंगलबार साँझ संसद् विघटनको मुद्दामा सर्वोच्च अन्तिम फैसला सुनाउँदै संसद् विघटनको निर्णय बदर गरेको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको फैसला सुनाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको प्रष्ट पारे ।

उनले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन नहुने भन्दै त्यसलाई बदर गरिएको निर्णय सुनाएका हुन् ।

सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै संसद बैठक १३ दिनभित्र बोलाउन आदेशसमेत दिएको छ ।


प्रतिक्रिया दिनुहोस