काभ्रेमा पनि नेकपा प्रचण्ड-माधव समूहको खुशीयाली सभा

नौलो समाचार संवाददाता
२०७७ फागुन १२, बुधबार मा प्रकाशित ७३७ पटक पढिएको
काभ्रेमा पनि नेकपा प्रचण्ड-माधव समूहको खुशीयाली सभा

फागुन १२, काभ्रे । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड-माधव समूहले आफ्ना विरोध कार्यक्रमलाई खुशीयाली सभामा परिणत गरेको छ ।

संसद विघटनको विरोधमा चौथो चरणमा आन्दोलनरत प्रचण्ड-माधव समूहले आज जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । सो समूहले त्यो प्रदर्शनको स्वरुप परिवर्तन गरी आज देशैभर खुसियाली मनाएको हो ।

यस्तै काभ्रेमा पनि नेकपा प्रचण्ड-माधव समूहले विरोध कार्यक्रमलाई खुशीयाली सभामा परिणत गरेको छ । जिल्लाको बनेपा चारदोबाटोमा आयोजना गरिएको सभामा जिल्लाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेकपा काभ्रे अध्यक्ष रुकु चौलागाईले प्रधानमन्त्री केपी ओलीले जनताको बलिदानि माथि कुठाराघात गर्दै गरेको असंबैधानिक कदमलाई सर्बोच्च अदालतले उल्ट्याएसंगै संविधानको रक्षा भएको बताइन ।

कार्यक्रम सचिव टोकबहादुर वाइबा, प्रदेश संसद रत्न ढकाल, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, पुर्व संसद बिदुर सापकोटा, कृष्णप्रसाद सापकोटा, प्रतिनिधिसभा सदस्य गंगा बहादुर दोङ्गलगाएतले कुनै व्यक्ति वा सस्था संबिधान भन्दा माथि हुन नसक्ने बताउदै जनताको हक अधिकार गुम्नबाट अदालतले संसद पुनर्स्थापना गर्ने फैसलाले जनताको जीत भएको भन्दै गलत काम गर्नेलाई नेकपामा कुनै स्थान नरहने बताए ।

संसद पुनर्स्थापनाको खुशीयाली मनाउन नेकपाले काभ्रेले बनेपा नगर परिक्रमा गर्दै बनेपा चारदोबाटोमा पुगेर कोण सभामा परिणत भएको थियो । संसद पुनर्स्थापनाको खुशीयाली मनाउन नेकपाले देशका प्रत्येक जिल्लामा नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस