अदालतको फैसला सामान्य हो, अहिले नै मैले तर्साउनु राम्रो होइन : प्रधानमन्त्री ओली

प्रचण्ड नेपाल समूहले आफ्नो राजीनामा माग्नु गलत
नौलो समाचार संवाददाता
२०७७ फागुन १२, बुधबार मा प्रकाशित ७५८ पटक पढिएको
अदालतको फैसला सामान्य हो, अहिले नै मैले तर्साउनु राम्रो होइन : प्रधानमन्त्री ओली

फागुन १२, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटन बदर गर्ने फैसलाले आफूलाई केही फरक नपर्ने बताएका छन्। माटोको डिजीटल नक्सा सार्वजनिक कार्यक्रममा ओलीले मंगलवार अदालतले गरेको फैसला सामान्य भएको बताएका हुन्।

उनले अदालतको फैसलाले आफ्नो संकल्पमा कुनै असर नहुने बताए। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहले अदालतको फैसलाप्रति खुसी मनाएको भन्दै उनले आपत्ति समेत जनाए। उनले प्रचण्ड नेपालले एक अर्कालाई खुवाएको लड्डुप्रति पनस कटाक्ष गरे।

‘पदमा राम्रो काम गर्छु। हिजोको अदालतको फैसला सामान्य हो। मेरा केही भाइहरुले लड्डु ख्वाँइ ख्याइ गरे। लड्डु खुवाएर के हुने हो?,’ उनले भने।

प्रचण्ड नेपाल समूहले आफ्नो राजीनामा माग्नु ठिक नभएको उनको भनाई थियो।

‘मेरो विचारमा भोलि पर्सिदेखि फेरी राजीनामा माग्नुहुन्छ की। त्यता पट्टि चिन्ता गर्नु पर्दैन। जिन्दगीको कुनै ठेगान छैन्,’ उनले भने,’मरेपछि केही अर्थ छैन्। जबसम्म जुन जिम्मेवारी लिएको छ गर्ने हो। देश विकासको संकल्पमा फरक हुनुपर्ने कुनै कारण छैन्। स्वार्थबाट लपेटिएका मान्छेमा यस्तो धेरै हुन्छ।’

अप्ठेरो परिस्थितिमा पनि आफू एकनासले काम गर्ने उनको भनाई छ। उनले अहिलेको सरकार रहिरने जिकिर गरे।

‘अहिले यो सरकार छ  रहिरन्छ। तर्साउनु काम राम्रो हुदैन्। म धेरै कुरा अहिले भन्न चाहन्न,’ उनले भने।

प्रतिक्रिया दिनुहोस