६ हजार ७८९ जना पत्रकारले लगाए कोरोना बिरुद्धको खोप

नौलो समाचार संवाददाता
२०७७ फागुन १२, बुधबार मा प्रकाशित ८०३ पटक पढिएको

६ हजार ७८९ जना पत्रकारले लगाए कोरोना बिरुद्धको खोप

फागुन १२, काठमाडौं। नेपालमा ६ हजार ७८९ जना पत्रकारहरुले कोरोना भाइरस बिरुद्धको  ‘कोभिडशिल्ड’ खोप लगाएका छन् ।

पहिलो चरणको पहिलो र दोस्रो प्रथामिकतामा परेकाहरु मध्ये चार लाख २९ हजार ७०५ जनाले यो खोप लगाएका स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. झलक गौतमले बताए । उनले भने ‘लक्षित समुह मध्ये ८५ प्रतिशतले कोरोना बिरुद्धको खोप लगाएका छन् ।’

नेपालको कुल जनसंख्या मध्ये १ दशमलब ४ प्रतिशतले पहिलो मात्राको खोप लागाएका छन् ।

त्यस्तै सरकारले यही २३ फागुनदेखि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने जनाएको छ। अबको अभियानमा ५५ वर्षमाथि उमेर समूहका व्यक्ति, विश्व विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक र सह-चालकहरुलाई खोप दिइने छ ।

यस्तो छ पहिलो चरणको पहिलो र दोस्रो प्रथामिकतामा परेकाहरुले लगाएको खोप विवरणः-


प्रतिक्रिया दिनुहोस