नमोबुद्ध नगरमा ग्रामिण महिलालाई सीप विकास तालिम

नौलो समाचार संवाददाता
२०७७ फागुन १२, बुधबार मा प्रकाशित ५६२ पटक पढिएको

नमोबुद्ध नगरमा ग्रामिण महिलालाई सीप विकास तालिम

फागुन १२, काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकामा ग्रामिण महिलालाई उद्यमशिल बनाउन सिपमुलक तालिम संञ्चालन गरिएको छ । स्थानीय स्तरमा स्वोजगार बनाउन सिपमुलक तालिम दिएको हो ।

स्थानीय स्रोत साधनको प्रयोग हुने कच्चा पदार्थमा अधारित उद्योग स्थापना गरि ग्रामिण भेगमा स्वारोजगार तथा महिलाहरुको जिविकोपार्जनमा सहज बनाउन तालिम संञ्चालन गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख तारादेवी सुनुवारले जानकारी दिनुभयो ।

उहाँका अनुसार लप्सीबाट बनाइने क्याडी, तितौरा, सिस्नुको धुलो बनाउने विधि,भटमास,तिल लगायतका बिभिन्न थरिका अचार बनाउने तरिकाहरु सहभागीलाई सिकाईएको हो ।

तालिममा नमोबुद्ध नगरपालिका वडा नम्बर १,७,८,९,१० र ११ का ३० जना महिला सहभागी भएका थिए । वडा नम्बर ११ को एकल महिला भवनमा फागुन ६ गतेदेखि सुरु भएको तालिम ६ दिन सम्म सञ्चालन गरिएको थियो । सिप सिकोका महिलाहरुलाई तालिम पश्चात प्रमाणपत्र समेत बितरण गरिएको शाखाका प्रमुख सुनुवारले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस