काउली खानुका फाइदा र बेफाइदा ! कुन रोगीले नखाने ? कसले खाने ?

नौलो समाचार संवाददाता
२०७७ फागुन १२, बुधबार मा प्रकाशित ९४३ पटक पढिएको
काउली खानुका फाइदा र बेफाइदा ! कुन रोगीले नखाने ? कसले खाने ?

फागुन १२, एजेन्सी । काउली प्राय मौसममा बजारमा पाइन्छ । प्रायः जाडो मौसममा पाइने काउली बेमौसमी तरकारीका रुपमा अन्य मौसममा पनि पाइने गरिन्छ ।

काउलीको तरकारी धेरैलाई मनपर्दछ । यो स्वास्थको दृष्टिकोणले पनि निकै फाइदाजनक छ । तर यहि काउलीका बेफाइदा पनि छन् ।

काउलीले सिधै असर गर्ने भन्दा पनि केही सीमित रोगका बिरामीलाई भने यसको सेवन हानीकारक हुन्छ ।

कुन रोगका बिरामीका लागी काउलीको सेवन हानीकारक हुन्छ त ? जान्नुहोस् ।

१. थाइराइड
हाइपो थाइराइड रोगका बिरामीले काउली खानु हुदैन । काउलीमा गाइट्रोगन नामक तत्व हुने भएकाले यसले थाइराइड ग्ल्याण्डको कामलाई बाधा उत्पन्न गराउँछ ।

२. ग्याष्ट्रिक
काउलीमा पाइने केहि पोषक तत्वहरुले पाचन प्रणाली असर पार्दछ । तर्सथ ग्यास्ट्रिक पिडित व्यक्तिले समेत काउलीको सेवन गर्नु हुदैन ।

३. अर्थराइटीस
जो ब्यक्तिमा अर्थराइटीसको समस्या छ उनीहरुले पनि काउलीको सेवन गर्नुहुदैन । किनभने काउलीले पेटमा ग्यास बढाउँछ र हड्डीमा समेत पीडा उत्पन्न गराउन सक्छ ।

४. ब्लड क्लटिङ
काउलीमा पर्याप्त मात्रामा भिटामिन के पाइने भएकाले ब्लड कटिङका बिरामीले समेत काउली खानु हुदैन । तसर्थ रगत गाढा बनाउनेका औषधि सेवन गर्नेहरुले काउली सेवनबाट बच्नुपर्दछ ।

५. स्तनपान गराउने आमा
शिशुलाई स्तनपान गराउने आमाहरुले पनि काउलीको सेवन गर्नुहुँदैन । अन्यथा स्तनपान गराउने आमालाई ग्याष्ट्रिकको समस्या निम्तिन सक्छ ।

वैज्ञानिक अध्ययनहरुबाट काउली निकै लाभदायक हुने तथ्य पुष्टि भैसकेको छ । काउलीमा विभिन्न खाले औषधीय गुण हुने हुनाले यसको नियमित सेवन मानव स्वास्थ्यका लागि फाइदाजनक हुने विज्ञहरु बताउँछन् ।

काउलीका फाइदा यस्ता छन्ः-

१. काउलीमा हुने फाइबरले हाम्रो पाचन क्रियालाई तन्दुरुस्त राख्न मद्धत गर्दछ । यसले हामीलाई पेट सम्बन्धी रोगबाट बचाउन सहयोग गर्छ ।

२. गर्भावस्थामा समेत काउलीको सेवन लाभदायी हुन्छ । यसमा हुने भिटामिनहरु गर्भमा रहेको बच्चाका लागि हितकारी हुन्छ ।

३. विभिन्न वैज्ञानिक अध्ययनहरुले काउली लगायतका सागपातहरुले पेटको क्यान्सरको खतरा कम गर्ने तथ्य पत्ता लगाएका छन् ।

४. काउलीको नियमित भोजनले मोटोपनाबाट छुटकारा दिलाउन समेत सहयोग गर्छ । काउली वजन नियन्त्रणका लागि निकै सहयोगी सावित हुन्छ ।

५. काउलीमा प्रसस्त क्याल्सियम पाइन्छ । यस्तो क्याल्सियम हाम्रो सरीरको हड्डीको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ र यसले दाँतलाई समेत स्वस्थ र बलियो बनाउँछ ।

६. काउलीको सेवनले घाँटी सम्बन्धी विभिन्न खाले स्वास्थ्य समस्याबाट समेत छुटकारा दिलाउन सहयोग गर्छ ।

७. दिसाबाट रगत बग्ने तथा पाइल्स जस्ता रोगीका लागि काउलीको सेवन निकै फाइदाजनक हुन्छ ।

८. रक्तचाप सन्तुलन तथा रगतमा भएका विषाक्त पदार्थको निष्कासनमा समेत गोभी सहयोगी हुन्छ ।

९. काउलीको नियमित सेवनले कपाल झर्ने समस्या समेत घट्ने विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस