कोभिडविरुद्धको खोपको दोस्रो डोज लिनुअघि थहा पाउनुपर्ने केही कुरा

दाेस्राे डाेज छुटे शरिरमा हानी
नौलो समाचार संवाददाता
२०७७ फागुन १३, बिहिबार मा प्रकाशित १४२४ पटक पढिएको

कोभिडविरुद्धको खोपको दोस्रो डोज लिनुअघि थहा पाउनुपर्ने केही कुरा

फागुन १३, काभ्रे। धेरैले कोरोना भाइरसविरूद्धको खोप लगाइसकेका छन् ।

तीमध्ये कतिपय खोपको दोस्रो डोज लिनका लागि पर्खिरहेका छन् । खोपको प्रभावकारिता दर बढाउनका लागि खोपको दोस्रो डोज लिनु महत्वपूर्ण छ । खोप लिएको समयदेखि खोप लिएपछि देखिने लक्षण, साइड इफेक्ट्सका साथै खोपको दोस्रो डोज लिनुअघि केही कुराहरू याद राख्नुपर्ने हुन्छ ।

प्रभावकारी रूपमा खोपले काम गर्नका लागि कोभिड खोपको डोजलाई चारदेखि छ हप्ताको अन्तरालमा लिनुपर्छ । एक व्यक्तिले आफूले दोस्रो डोजको खोप लिनुपर्ने मिति बिर्सनु हुँदैन । यदि खोपको पहिलो डोज लिँदा हल्का वा कुनै साइड इफेक्ट देखिएको थिएन भने दोस्रो डोज लिँदा केेेहि थाेेेरै कडाखालको साइड इफेक्ट देखिनसक्ने बताइएको छ ।

खोपको दोस्रो डोज लगाएपछि पनि खोप लिएको हात दुख्ने, र्‍यासेज आउने, चिसो, ज्वरो, थकान, टाउको दुखाइ, माशंपेशी तथा जोर्नीको दुखाइ केही घण्टा वा केही दिनसम्म हुनसक्छ । साइड इफेक्ट्स देखिनु भनेको खोपले आवश्यक प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गरिरहेको हो । त्यसैले, यीमध्ये धेरै साइड इफेक्ट्सलाई सजिलैसँग व्यवस्थापन गर्न सकिन्छ ।

दोस्रो डोज लिँदा कडाखालको साइड इफेक्ट देखिन्छ भन्ने डरले अगाडि नै औषधिको सेवन गर्नु हुँदैन । यसले खोपको प्रभावकारितामा असर गर्न सक्छ । यदि खोप लगाइसकेपछि ज्वरो वा दुखाइ सहन नसक्ने भएमा सामान्य प्यारासिटामोलको सेवन गर्न सकिन्छ । खोपको पहिलो डोज लगाउँदा देखिएको साइड इफेक्ट्स वा एलर्जीको डरले दोस्रो डोज लगाउन छुटाउनु भने हुँदैन ।ु

दोस्रो डोज प्राप्त गर्नाले खोपको प्रतिरक्षा सुदृढ पार्न, कुनै पनि प्रतिक्रिया वा एलर्जीको समस्या सजिलै व्यवस्थित गर्न तथा उपचार गर्न सकिन्छ । खोपको दोस्रो डोज लिइसकेकाले पनि आफू पूर्ण रूपमा सुरक्षित हुँदैनन् । शरीरमा एन्टिबडी निर्माण हुन वा भाइरसविरुद्धको प्रतिरक्षा बढ्नका लागि केही समय (दुईदेखि तीन हप्ता) लाग्न सक्छ ।

त्यसकारण, खोप लगाएपछि मास्क हटाइहाल्ने गर्नु हुँदैन । साथै, कोभिडको खोप लिएको बेलामा अन्य कुनै खोप नलिन पनि सुझाइएको छ । अन्य कुनै खोप लिँदा कोभिडको खोप कम प्रभावकारी हुनसक्ने हालसम्म कुनै प्रमाण उपलब्ध नभए पनि कोभिडविरुद्धको दुबै डोज खोप लिएपछि कम्तिमा दुई हप्तापछि मात्र डाक्टरको सल्लाह लिएर अन्य खोप लिन सुझाव दिइएको छ ।


प्रतिक्रिया दिनुहोस