शुक्रबार १ सय १२ सङ्क्रमित थपिए

नौलो समाचार संवाददाता
२०७७ फागुन १४, शुक्रबार मा प्रकाशित ८४७ पटक पढिएको

शुक्रबार १ सय १२ सङ्क्रमित थपिए

फागुन १४, काठमाडौँँ । विराटनगर र नेपालमा शुक्रबार थप एक सय १२ जना कोरोना भाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार नौ सय ८४ पुगेको छ ।

यस्तै आज ५४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार दुई सय ७७ पुगेको छ ।

हाल नौ सय ३६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

आज थप चार सङ्क्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार सात सय ७१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस