रेडियो–टेलिभिजन प्रसारक मञ्च काभ्रेको स्थापना

नौलो समाचार संवाददाता
२०७७ फागुन १६, आईतबार मा प्रकाशित ५५७ पटक पढिएको
रेडियो–टेलिभिजन प्रसारक मञ्च काभ्रेको स्थापना

फागुन १६, काभ्रे। काभ्रेमा रहेका विभिन्न रेडियो र टेलिभिजनका अध्यक्ष, सञ्चालक र प्रतिनिधिहरूले आफ्नो संस्था विधिवत रुपमा स्थापना गरेका छन् । उनीहरूले काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्च स्थापना गरी विधिवत् रुपमा शुभारम्भ शनिबार गरिएको थियो । मञ्चको एक कार्यक्रमका बिच बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती प्रसाद सापकोटाले उद्घाटन गरेका हुन ।

कार्यक्रममा अतिथिहरूले काभ्रेको सञ्चार क्षेत्रको विकासमा संस्थाले सहयोग पुराउन सकोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । काभ्रेमा हाल १२ वटा रेडियो र एक टेलिभिजन सञ्चालन रहेका छन् भने काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्चमा ९ वटा रेडियो र एक टेलिभिजन आबद्ध रहेका छन् ।

संस्थाका अध्यक्ष सचित खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष रमेश प्रसाद न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने महासचिव रामकृष्ण बन्जाराले कार्यक्रम सन्चालन गरेका थिए । संस्थाले निकट भविष्यमै सबै रेडियोमै एक साथ प्रसारण हुने गरी साझा रेडियो कार्यक्रम प्रसारण गर्ने समेत कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतम, पत्रकार महासङ्घ काभ्रेका पूर्व अध्यक्षहरू भोला थापा, महेश पौडेल, नारायण सापकोटा, पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, राष्ट्रिय टेलिभिजन प्रसारक मञ्चका अध्यक्ष शङ्कर अधिकारी, प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोइराला, प्रेस सङ्गठन काभ्रेका संयोजक भुवन रायमाझी, फोटो पत्रकार महासङ्घ बागमती प्रदेश अध्यक्ष केशवराज पौडेल लगायतका विभिन्न संघ संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस