मिलिनियम क्याम्पस प्रमुख विश्वनाथ अधिकारीको “विरहको गीत”

विश्वनाथ अधिकारी
२०७७ फागुन १७, सोमबार मा प्रकाशित ७३४ पटक पढिएको

मिलिनियम क्याम्पस प्रमुख विश्वनाथ अधिकारीको “विरहको गीत”

फागुन १७, काभ्रे । काभ्रे जिल्लाको मिलिनियम क्याम्पसका प्रमुख विश्वनाथ अधिकारी साहित्य सृजनामा पनि कलम चलाउनुहुन्छ । “मेरो वंश” नामक काव्य प्रकाशित गर्ने तरखरमा लाग्नुभएका शिक्षासेवी अधिकारी सबैका निम्ति प्रेरक व्यक्तित्व हुनुहुन्छ ।
कोरोना भाइरसको महामारीको समयमा नेपाली साहित्यमा कलम चलाउन सुरु गर्नुभएका क्याम्पस प्रमुख अधिकारीले करीब एक वर्षको अवधिमा थुप्रै लेख, गीत तथा कविता सृजना गरिसक्नु भएको छ ।
उनै साहित्यकार तथा शिक्षासेवी विश्वनाथ अधिकारी रचित गीत यहाँ प्रस्तुत गरेका छौ ।

“विरहको गीत”

“गीत: विष देउ पिउँछु बरु‘।।”

विष देउ पिउँछु बरु, हत्केलामा राखी
धनेश्वर चण्डेश्वरी, देवी देउता भाकी
जिउँदै पनि जल्न सक्छु, तिम्रै नाम जप्दै
फाल् हाल्न नि सक्छु बरु, खोला नदी खोज्दै
विष देउ………………………१

झुण्डिएर मर्दा पनि, हुन्छ जस्तो लाग्छ
मर्न खोज्छु फेरि किन, माया धेरै जाग्छ
बिना गल्ती दाग लाग्यो, जिन्दगीमा मेरो
आँसु पनि कत्ति झर्छ, यस्कै सेरोफेरो
विष देउ………………………..२

भूल बिराम के के भाको, हिसाब गर्दै गर्नु
खाएं मैले हरेस अब, मात्र बाँकी मर्नु
तिम्लाई सँधै खुसी मिलोस्, भन्दै मर्छु म त
तिम्रो जीवन फलोस् फुलोस्, फूलै छर्छु म त
विष देउ……………………………..३

विश्व नाथ अधिकारीको फेसबुकबाट साभार

प्रतिक्रिया दिनुहोस