नमोबुद्ध नगरपालिकामा रेयुकाई आँखा अस्पतालकको निशुल्क शिविर, १ सय ९८ जना लाभान्वित

नौलो समाचार संवाददाता
२०७७ फागुन १७, सोमबार मा प्रकाशित ७३८ पटक पढिएको
नमोबुद्ध नगरपालिकामा रेयुकाई आँखा अस्पतालकको निशुल्क शिविर, १ सय ९८ जना लाभान्वित

फागुन १७, काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा सोमबार (आज) बाट नि:शुल्क आँखा शिविर संचालन गरिएको छ । आँखा शिविर सुरु भएको पहिलो दिन आजै १ सय ९८ जनाले सेवा लिएका छन् ।

रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राबिधिक सहयोगमा नमोबुद्ध नगरपालिका-८, पिपल्टारमा भएको निशुल्क आँखा सिबिरमा १९८ जना बिरामीहरुले आँखा सम्बन्धि उपचार लिएका हुन् ।

रेयुकाई आँखा अस्पताल बनेपाको प्राबिधिक सहयोगमा नमोबुद्ध नगरपालिका, लियो तथा लाइन्स क्लब अफ काठमाडौ, टेम्पल चन्डेश्वरीको आयोजनामा र काभ्रेपलान्चोक च्याम्बर अफ कमर्सको सह-आयोजनामा उक्त शिविर संचालन भएको हो ।

आजबाट सुरु भएको शिविर फागुन २९ गतेसम्म नमोबुद्ध नगरका विभिन्न स्थानमा संचालन हुनेछन् ।

शिविरमा अएका मध्ये १९ जनालाई चस्मा बितरण गरिएको छ भने २२ जनालाई भकुण्डेमा रहेको रेयुकाई अस्पतालमा मोतियाबिन्दुको नि:शुल्क अप्रेसन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस