काभ्रेमा थप ३ जनामा कोरोना संक्रमण पुुष्टि

नौलो समाचार संवाददाता
२०७७ फागुन १७, सोमबार मा प्रकाशित ४९४ पटक पढिएको
काभ्रेमा थप ३ जनामा कोरोना संक्रमण पुुष्टि

फागुन १७, काभ्रे । काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लामा आज थपिएका सबै संक्रमित धुलिखेल नगरपालिकाका रहेको कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार योसँगै अहिले जिल्लामा कुल कोरोना संक्रमितको संख्या ३३ सय ५३ पुगेको छ ।

जिल्लामा अहिले बनेपा नगरपालिकामा १ जना महिला र १ जना पुरुष र धुलिखेल नगरपालिकामा १ जना महिला र ४ जना पुरुष गरी ७ जना सक्रिय कोरोना संक्रमित रहेको प्रमुख डा. झाले बताउनुभएको छ ।

सबै सक्रिय कोरोना संक्रमित होम आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस