सुनको भाउ तोलाको साढे ८६ हजारमा आइपुग्यो, चाँदी पनि ३० रुपैयाँ सस्तो

नौलो समाचार संवाददाता
२०७७ फागुन २०, बिहिबार मा प्रकाशित ७९१ पटक पढिएको
 सुनको भाउ तोलाको साढे ८६ हजारमा आइपुग्यो, चाँदी पनि ३० रुपैयाँ सस्तो

फागुन २०, काठमाडौं । सुनको मूल्य (आज) बिहीबार अघिल्लो दिनको भन्दा तोलामा एक हजार रुपैयाँले घटेको छ । बिहीवारका लागि कारोबार मूल्य प्रतितोला ८६ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आठ महिनापछि सुनको मूल्य प्रतितोला ८६ हजार ५ सय रुपैयाँ भएको हो ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ८५ रुपैयाँ कायम भएको छ । बुधवार तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भएकोग थियो ।

प्रतिक्रिया दिनुहोस