नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला

नौलो समाचार संवाददाता
२०७७ फागुन २३, आईतबार मा प्रकाशित २९९ पटक पढिएको
नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला

फागुन २३, काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो ।

न्यायाधीशद्वय रेग्मी र श्रेष्ठको संयुक्त इजलासले दुई वर्षदेखि विचाराधीन नेपाल कम्युनिष्ट पार्टीको नामसम्बन्धि मुद्दामा आज निर्णय सुनाएको हो ।

यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

नेकपा आफ्नो पार्टीको नाम भएकाले अर्को पार्टीलाई यो नाम दिन नपाइने भन्दै ऋषि कट्टेलले मुद्दा दायर गरेका थिए ।

कट्टेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई संविधान र निर्वाचन ऐनविपरीत आफ्नो दलसँग नाम मिल्ने गरी दर्ता गराएको भन्दै आयोगमा निवेदन दिए पनि निर्णय उहाँको पक्षमा आएको थिएन ।

ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीले गत मंसिर १० र २१ गते भएको निर्वाचनमा ‘घन र कोदालो’ चिह्न लिएर प्रतिष्पर्धा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस