बेथानचोक गाउँपालिकाद्धारा कृषि यान्त्रिकरणमा जोड

नौलो समाचार संवाददाता
२०७७ फागुन २५, मंगलबार मा प्रकाशित ८२४ पटक पढिएको
बेथानचोक गाउँपालिकाद्धारा कृषि यान्त्रिकरणमा जोड

फागुन २५, काभ्रे । बेथानचोक गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति कार्यक्रम अन्तर्गत विनियोजन गरेको कृषिका कार्यक्रमहरु तीव्र गतिका साथ कार्यान्वयन गरिरहेको छ । गाउँपालिकाले चरणबद्ध रुपमा कृषकहरुलाई शतप्रतिशत अनुदानमा किवी, नास्पाती लगायतका फलफूलका बोटविरुवाहरु वितरण कार्य वडा स्तरबाट संचालन गरिसकेको र जनअपेक्षा अनुसार मागमा आधारित कार्यक्रमहरुलाई विशेष जोड दिइएको बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले बताउनु भएको छ । कृषकको मागमा आधारित भएर व्यवसायिक तरकारी खेती गर्नको लागि अनुदानमा प्लाष्टिक टनेल र स्प्रेयर पम्पको वितरण कार्य सुरु गरिएको अध्यक्ष तिमल्सिनाको भनाइ छ  ।

कृषिमा यान्त्रिकरणमा जोड दिँदै आधुनिक खेती प्रणालीमा विकास गर्न यसै आर्थिक वर्षभित्र बितरण गर्ने गरि अनुदानमा ट्याक्टर वितरण कार्यक्रम राखिएको र उक्त कार्यक्रम संचालनको लागि आवश्यक प्रक्रिया अगाडी बढाईसकिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनुभएको छ ।

यसै वर्षभित्र कृषकहरुको यकिन गरी कृषिमा थप व्यवसायिकता र आकर्षण बढाउन कृषक परिचयपत्र वितरण गरी लाभदायक कार्यक्रमहरु संचालन गर्न लागिएको र जनअपेक्षा अनुसारगाउँपालिकाले आ.व. ०७७/७८ का लागि तयार गरिएका कृषि विकास सम्बन्धि कार्यक्रमहरुलाई उच्च प्राथमिकता दिँदै संचालन गरिने बेथानचोक गाउँपालिका सूचना अधिकारी इन्जिनियर ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस