युट्युबले ल्याएको नयाँ कर नीतिले नेपाली युट्युबरको आम्दानी ३० प्रतिशतसम्म घट्ने

नौलो समाचार संवाददाता
२०७७ फागुन २७, बिहिबार मा प्रकाशित ११२५ पटक पढिएको
युट्युबले ल्याएको नयाँ कर नीतिले नेपाली युट्युबरको आम्दानी ३० प्रतिशतसम्म घट्ने

फागुन २७, काठमाडौँ । युट्युबले जारी गरेको नयाँ कर नीतिका कारण अब युट्युबरको आम्दानी ठूलो मात्रामा घट्ने भएको छ । त्यसैपनि युट्युबमार्फत आम्दानी गुर्न चुनौतीको विषय बन्दै गएको अहिलेको अवस्थामा नयाँ कर नीतिले क्रियटरलाई निरुत्साहित पार्ने भएको छ ।

युट्युबले आउँदो जून महिनादेखि अमेरिकी करको रुपमा २४ प्रतिशतसम्म कर काट्ने भन्दै युट्युबरलाई ईमेलमार्फत जानकारी गराउन थालेको छ । युट्युबका अनुसार आउँदो जून महिनादेखि अमेरिकाबाहिरका युट्युब क्रियटरको हकमा अमेरिकी कर काट्नुपर्ने भएको छ ।

जसले गर्दा कन्टेन्ट क्रियटरले करको नियमबारे आवश्यक जानकारी आउँदो मे ३१ सम्म बुझाउनुपर्नेछ । यदि जानकारी बुझाएको खण्डमा गुगलले तपाईंको निर्धारित कर मात्रै कटौती गर्नेछ ।

यदि मे ३१ तारिखसम्म करसम्बन्धी जानकारी उपलब्ध नगराएको खण्डमा भने तपाईंको कुल आम्दानीको २४ प्रतिशत करको रुपमा काटेर मात्रै उपलब्ध हुनेछ ।

भएको के हो ?
अमेरिकाभन्दा बाहिरको क्रियटरको हकमा अब युट्युबले अमेरिकाबाट आएको भ्युजमार्फत भएको आम्दानीको कर कटौती गर्ने हो ।

किन यस्तो नियम ?
अमेरिकाको आन्तरिक राजश्व नीतिको परिच्छेद ३ अनुसार अब युट्यबले अमेरिकाभन्दा बाहिरका मनिटाइज्ड क्रियटरबाट कर संकलन गर्नुपर्ने हुन्छ ।

यसले आम्दनीमा कस्तो असर पर्ने छ ?
यसमा देश, क्रियटरका साथ अन्य धेरै कुराले करको दायरा फरक–फरक हुनसक्छ । जसमा पहिला अमेरिकी भिजिटरबाट तपाईंको च्यानलले गर्ने मासिक आम्दानी आम्दानी हो ।

यदि तपाईंले युट्युबले भनेको समयमा करसम्बन्धी जानकारी समयमा बुझाएको खण्डमा तपाईंले अमेरिकाबाट भएको आम्दानीको ० देखी ३० प्रतिशतसम्म कर बुझाउनुपर्छ ।

करको दायरा भने देशअनुसार फरक-फरक हुन सक्छ । यदि नेपालको अमेरिकासँग युट्युब लगायतका सेवाको हकमा करसम्बन्धी कुनै सन्धी सम्झौता भएको खण्डमा उक्त सम्झौताअनुसार लाग्नेछ ।

तर, नेपालको हकमा अमेरिकासँग कुनै दोहोरो कर सम्झौता भएको अवस्था छैन । यसो हुँदा युट्युबरहरुले दुवैतर्फ कर भुक्तानी गर्नुपर्ने हुन्छ ।

यदि तपाईंले करसम्बन्धी जानकारी उपलब्ध नगराएको खण्डमा भने सबैभन्दा ठूलो असर पर्नेछ । यसको अर्थ तपाईंले करसम्बन्धी जानकारी नबुझाएको खण्डमा तपाईंको कुल आम्दानीको २४ प्रतिशत रोक्का गरिने छ ।

नेपालको हकमा धेरैजसो युट्यबरले आम्दानी गरेको कर नबुझाउने गरेकाले उनीहरुले करसम्बन्धी जानकारी बुझाउन असहज हुने देखिन्छ । त्यो हुँदा धेरैजसो युट्युबरले आफ्नो आम्दानीकै २४ प्रतिशत काटेरमात्रै प्राप्त गर्न सक्ने अवस्था छ ।

उदाहरणका लागि
यदि तपाईंले अघिल्लो महिना युट्युबबाट कुल १ हजार अ‍ेमरिकी डल आम्दानी गर्नुभयो । त्यसमध्ये १०० डलर आम्दानी अमेरिकी भिजिटरले हेरबापत भएको छ । यस्तो अवस्थामा यदि युट्युबरले कर सम्बन्धी जानकारी नबुझाएको खण्डमा कुल आम्दानीको २४ प्रतिशत अर्थाथ २४० अमेरिकी डलर काटिने छ ।

यदि युट्युबरले करसम्बन्धी आफ्नो जनाकारी र अमेरिकासँग भएको सम्झौतासम्बन्धी जानकारी बुझाएको खण्डमा सम्झौता अनुसारको कर दायरा अनुसार कटौती हुनेछ । जस्तो भारतको हकमा अमेरिकी सरकारसँग सम्झौता रहेकाले अमेरिकी भिजिटरबाट भएको आम्दनीको १५ प्रतिशत मात्रै बुझाउँदा हुनेछ ।

यदि करसम्बन्धी जानकारी उपलब्ध त गराउनुभयो तर अमेरिकी सरकारसँग करसम्बन्धी कुनै सम्झौता नभएको खण्डमा तपाईंलाई अमेरिकी भिजिटरबाट भएको आम्दानीको ३० प्रतिशत काटेरमात्रै बाँकी रकम उपलब्ध हुनेछ ।

त्यसैले युट्युबले मागेअनुसारको करसम्बन्धी जानकारी उपलब्ध गराएको खण्डमा भने युट्युबरलाई केही राहत हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस