अक्षरमार्गको आयोजनामा ‘नारी स्रष्टा सम्मान तथा मुक्तक वाचन’ कार्यक्रम

नौलो समाचार संवाददाता
२०७७ चैत्र १, आईतबार मा प्रकाशित १५५९ पटक पढिएको

अक्षरमार्गको आयोजनामा ‘नारी स्रष्टा सम्मान तथा मुक्तक वाचन’ कार्यक्रम

चैत १, काभ्रे । चर्चित साहित्यिक पत्रिका अक्षरमार्गको आयोजनामा नारी स्रष्टा सम्मान तथा मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । साहित्यकार सूर्य लाकोजूको सभापतित्वमा र लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रम पनौतीकै अक्षर मार्गले सिर्जनालयको पाँचौँ शृङ्खला अन्तरगत गरेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले मुक्तक वाचन गरी गर्नु भएको थियो । स्वागत मन्तव्य चाहिँ तयुकाजी ताम्राकारले राख्नुभएको थियो । सो कार्यक्रममा घुम्ती मुक्तक टोलीलाई स्वागत गरिनुका साथै मुक्तक वाचन र दुई नारी स्रष्टा सुभद्रा दाहाल र लक्ष्मी बडाललाई सम्मान गरिएको थियो ।

घुम्ती मुक्तक टोली र काभ्रेका मुक्तककारहरू सूर्यप्रसाद लाकोजू, विजयध्वज थापा, रुद्र अधिकारी, रविन्द्र आशिष शैली, दुर्गाकिरण तिवारी, भुवन सिवाकोटी चौघरे, विमला अधिकारी देवकोटा, विध्या भण्डारी, लब खड्का, तारा के।सी, प्रकाश सुवेदी, शारदा घिमिरे, तयुकाजी ताम्राकार, रामसुन्दर देउजा, परशुराम अधिकारी, प्रदीप सापकोटा, घायल योद्धा नवराज, जयदेव श्रेष्ठ, कृष्णकुमार बैद्य, हरिप्रसाद चौलागाईँ, मीरा पौडेल, ललिता अधिकारी, सिद्धी कर्माचार्य, गीता दाहाल, ओत बहादुर खड्का, विजयराम कर्माचार्य लगायत करिव दुई दर्जन भन्दा बढी मुक्तककारहरूले आफ्ना मुक्तक वाचन गरेका थिए ।
कार्यक्रमलाई आकर्षण भर्दै गीता दाहालले सञ्चालन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस