चौंरीदेउराली अध्यक्ष गोल्ड कप फुटबलको उपाधि नाग्रेगगर्चेलाई

नौलो समाचार संवाददाता
२०७७ चैत्र २, सोमबार मा प्रकाशित १११४ पटक पढिएको

चौंरीदेउराली अध्यक्ष गोल्ड कप फुटबलको उपाधि नाग्रेगगर्चेलाई

चैत्र २, काभ्रे । चौंरीदेउराली अध्यक्ष गोल्ड कप फुटबलको उपाधि नाग्रेगगर्चेले पाएको छ । चौंरीदेउराली गाउँपालिका वडा नं स्थित ३ माझिफेदामा आइतबार सम्पन्न चौंरीदेउराली अध्यक्ष गोल्ड कप फुटबलको उपाधि वडा नं. २ नाग्रेगगर्चेले जितेको हो । यो पटक दोस्रो अध्यक्ष कप फुटबलको फाइनल भिडन्तमा वडा नं. ७ माडनकुडारीको टिमलाई नाग्रेगगर्चेले २ गोलले पराजित गरेको थियो ।

नग्रेगगर्चेको टोलीले दुवै गोल हाफ समय अगाडी नै गरेको थियो । जवाफमा कुनै गोल फर्काउन नसकेपनि मादनकुडारी उपविजेता बन्न सफल भएको छ । वडा नं.६ कात्तिके देउराली भने तेस्रो भएको छ ।

विजेता समुहले नगद १ लाखसहित ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् भने उपविजेताले नगद ५० हजारसहित ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् । तेस्रो हुने टिमले नगद २५ हजारसहित ट्रफि,सिल्ड,मेडल र प्रमाणपत्र पाएका छन् ।

प्रतियोगिताको प्रथम हुने टिम र खेलाडीहरुलाई प्रदेश सांसद रत्न ढकाल,दोस्रो हुने टिम र खेलाडीलाई गाउँपालिका अध्यक्ष दिननाथ गौतम र तेस्रो हुने टिम र खेलाडीहरुलाई पालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईले नगद पुरस्कारसहित ट्रफि,सिल्ड,मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस