काभ्रेली साहित्यिक पत्रिका अक्षरमार्गले पाँच साहित्यकारलाई सम्मान गर्ने

नौलो समाचार संवाददाता
२०७७ चैत्र ७, शनिबार मा प्रकाशित १११६ पटक पढिएको

काभ्रेली साहित्यिक पत्रिका अक्षरमार्गले पाँच साहित्यकारलाई सम्मान गर्ने

चैत ७, काभ्रे । बिगत आठ वर्षदेखि निरन्तर प्रकाशित काभ्रेली साहित्यिक पत्रिका अक्षरमार्गले नेपाली भाषा, साहित्य र कलामा महत्त्वपूर्ण योगदान गर्ने पाँच जाना साहित्यिक स्रष्टालाई सम्मान गर्ने भएको छ ।

साहित्यिक पत्रिका अक्षरमार्गले आफ्नो वार्षिक उत्सव पारेर स्रष्टालाई सम्मान गर्ने भएको हो ।

यसरी सम्मानित हुने स्रष्टाहरूमा ‘विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान’बाट वरिष्ठ साहित्यकार श्रीॐ श्रेष्ठ, ‘नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मान’ वरिष्ठ साहित्यकार तथा प्राध्यापक विष्णु एस राई, ‘कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मान’बाट बियोगी बुढाथोकी, ‘कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान’बाट कवि सुरेन्द्र अस्तफल, ‘अक्षरमार्ग भरतराज काभ्रेली सम्मान’ बाट तारा के.सी रहेका छन ।

सोही कार्यक्रममा मुक्तकमा समवेत स्वरहरू पनि लोकार्पण हुने जानकारी प्राप्त भएको छ ।

पाचै जाना साहित्यिक स्रष्टाहरुलाई यही चैत्र १४ गते एक कार्यक्रम बीच सम्मान समर्पण गरिने जानकारी साहित्यकार तथा कार्यक्रमका संयोजक सूर्यप्रसाद लाकोजू बताएका छन् ।


प्रतिक्रिया दिनुहोस