पनौतीमा आज ८ सयले लगाए खाेप, जिल्लाभर खाेप लगाउनेकाे संख्या २३ हजार ४ सय ७५

नौलो समाचार संवाददाता
२०७७ चैत्र ९, सोमबार मा प्रकाशित ११७१ पटक पढिएको
पनौतीमा आज ८ सयले लगाए खाेप, जिल्लाभर खाेप लगाउनेकाे संख्या २३ हजार ४ सय ७५

चैत ९, काभ्रे। काभ्रेकाेे पनाैतीमा कोरोना भाईरस बिरुद्धको खोप अन्तर्गत आज (साेमबार) ८ सय जनाले खाेप लगाएका छन् ।

आज पनौती नगरपालिका क्षेत्रका लक्षित ६५ वर्ष माथिका र सार्वजनिक तथा निजी विद्यालयका शिक्षक-शिक्षिका सहित ८ सय जनालाई खाेेप लगाइएकाे पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरूषाेत्तम तिमल्सिनाले जानकारी दिनुभयो।

जसमध्ये ४ सय १२ जना पुरुष र ३ सय ८८ जना महिला रहेका छन्। अझै लक्षित केही व्यक्तिहरूलाई खोप लगाउन बाँँकी रहेकाेे र यथाशिघ्र खाेप व्यवस्थापनकाे लागि प्रयास गरिने उल्लेख गर्नुभयो।

हालसम्म काभ्रेमा २३ हजार ४ सय ७५ जनाले लगाए खाेेप

काभ्रेमा २३ हजार ४ सय ७५ जनाले कोरोना भाईरस बिरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य कार्यलय काभ्रेले उपलब्ध गराएको बिवरण अनुसार जिल्लामा पहिलो र दोस्रो चरणमा गरि २३ हजार ४ सय ७५ जनाले खोप लगाएका हुन् ।

पहिलो चरणको खोप अभियानमा ६ हजार ७ सय ९९ जनाले खोप लागाएका थिए भने दोस्रो चरणमा हालसम्म १६ हजार ६ सय ७६ जनाले खोप लगाएका छन् ।

सक्रिय संक्रमितको संख्या १०

यसैबिच जिल्लामा ५ जना महिला र ५ जना पुरुष गरि १० जना सक्रिय संक्रमित छन् ।

उनीहरु सबैजना होम आइसोलेसनमा छन् । हाल सम्म जिल्लामा कोरोना भाईसरका कारण ६२ जनाको ज्यान गाईसकेको छ । ति मध्ये जिल्लाका ४५ जना हुन् भने १७ जना अन्य जिल्लाका हुन् ।

प्रतिक्रिया दिनुहोस