चैत १३, काठमाडौँ । काठमाडौँ उपत्यका लगाएत देशभर आज एक्कासी वायु प्रदूषण बढेको छ । वायु प्रदूषण बढेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।
विहिबारदेखि अचानक मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यका लगाएतका विभिन्न क्षेत्रमा वायु प्रदूषण निकै बढेको मन्त्रालयले जनाएको छ ।
यसले श्वासप्रश्वासमा कठिनाइँ लगायत विविध स्वास्थ्य समस्याहरु देखापर्ने भन्दै मन्त्रालयले सावधानीका सम्बन्धमा पाँच बुँदै अपिल समेत जारी गरेको छ।
मन्त्रालयले विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दम-खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले उनीहरुलाई सकेसम्म घर बाहिर ननिस्कन र सबै नागरिककले घर बाहिर निस्किँदा मास्कको प्रयोग अनिवार्य गर्नुका साथै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयल अत्यावश्यक नभइ सवारी साधनहरु नचलाउन समेत अनुरोध गरेको छ । सवारी साधना वा पेशा व्यवसायका कारण हुनसक्ने वायु प्रदूषणका कारणहरुलाई कम गर्न समेत अनुरोध गरेको छ ।
मन्त्रालयद्वारा जारी अपिल:-
प्रतिक्रिया दिनुहोस