काँग्रेस नेता जोशीको निधन

नौलो समाचार संवाददाता
२०७७ चैत्र १३, शुक्रबार मा प्रकाशित ६९५ पटक पढिएको

काँग्रेस नेता जोशीको निधन

चैत १३, काठमाडौं । नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा निधन भएको नर्भिक अस्पताल स्रोतले जनाएको छ ।

जोशीलाई मस्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा उपचारका लागि भर्ना गरिएको थियो ।

टाउकोको सानो शल्यक्रियापछि भेन्टिलेटर बाहिर निकालिएका जोशीको स्वास्थ्य गम्भीर देखिएपछि पुन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

जोशी काठमाडौँ महानगरपालिकाका पूर्व उपमेयरसमेत हुनुभएको थियो ।

०३६ सालबाट विद्यार्थी राजनीति मार्फत राजनीतिमा होमिनु भएका जोशीले नेपाल विद्यार्थी सङ्घको काठमाडौँ जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

जोशी राजनीतिक यात्राका क्रममा पटकपटक पक्राउ परी हिरासतमा समेत रहनु भएको थियो ।

संविधानसभा सदस्यसमेत रहनुभएक जोशी सधै जनतासँग निकट सम्पर्कमा रही सुखदुःखमा साथ दिदै आउनुभएको छ । जोशी कुशल सङ्गठनकर्ता र वक्ताका रूपमा परिचित हुनुहुन्छ ।

उहाँ गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष हुनुहुन्छ। जोशीका एक छोरी र श्रीमती हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस