अक्षरमार्गद्वारा पाँच जाना साहित्यिक स्रष्टा सम्मानित

'मुक्तकमा समवेत स्वरहरु' लोकार्पण
नौलो समाचार संवाददाता
२०७७ चैत्र १४, शनिबार मा प्रकाशित १७८१ पटक पढिएको
अक्षरमार्गद्वारा पाँच जाना साहित्यिक स्रष्टा सम्मानित

चैत १४, काभ्रे । बिगत आठ वर्षदेखि निरन्तर प्रकाशित काभ्रेली साहित्यिक पत्रिका अक्षरमार्गले नेपाली भाषा, साहित्य र कलामा महत्त्वपूर्ण योगदान गर्ने साहित्यिक स्रष्टालाई सम्मान गरेको छ । अक्षरमार्गले आफ्नो आठौ वार्षिक उत्सवको अवसरमा आज (शनिबार) पाँच जाना साहित्यिक स्रष्टालाई सम्मान गरेको हो ।

पनौतीस्थित श्रीराम पार्टी प्यालेसमा आयोजित अक्षरमार्गको वार्षिक उत्सव तथा सम्मान समर्पण कार्यक्रममा स्रष्टाहरू ‘विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान’बाट वरिष्ठ साहित्यकार श्रीॐ रोदन श्रेष्ठ, ‘नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मान’ वरिष्ठ साहित्यकार तथा प्राध्यापक विष्णु सिंह राई, ‘कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मान’बाट बियोगी बुढाथोकी, ‘कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान’बाट कवि सुरेन्द्र अस्तफल, ‘अक्षरमार्ग भरतराज काभ्रेली सम्मान’ बाट तारा के.सी सम्मानित हुनुभएको हो।

कार्यक्रमकामा बोल्दै सम्मानित स्रष्टाहरुले साहित्यिक भुमि पनौती र त्यसमा पनि अक्षरमार्ग जस्तो विशिष्ठ साहित्यिक सस्थाद्वारा सम्मानित हुन पाउदा गौरवान्वित भएको र अझै जिम्मेवारी थपिएको अनुभूत भएको उल्लेख गर्नुभयो ।

साहित्यिक पत्रिका अक्षरमार्गका सम्पादक सूर्यप्रसाद लाकोजू सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘मुक्तकमा समवेत स्वरहरु’ नामक मुक्तक संग्रह पनि लोकार्पण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराई रहनु भएको थियो भने विशेष अतिथिहरुमा वरिष्ठ साहित्यकार मोहन दुवाल, प्रा. डा. गार्गी शर्मा, रत्नप्रसाद अनामणि, संसाक मासिकका सम्पादक उमेश पाण्डे लगायत रहनुभएको थियो ।

कार्यक्रममा सम्मानित प्रतिभाहरुको बारेमा विशेष अतिथिहरुमा वरिष्ठ साहित्यकार मोहन दुवालले चर्चा गर्नुभएको थियो ।  यसैगरी विमोचित मुक्तक संग्रहको बारेमा शैलेन्दु प्रकाश नेपालले टिप्पणी गर्नुभएको थियो ।

यस्तै कार्यक्रमकै बिचमा मुक्तककारहरु तुयुकाजी ताम्राकार,  प्रदिप सापकोटा, वसन्त नकर्मी, प्रकाश घायल, रविन्द्र आशिष शैली, रत्नप्रसाद अनामणिलगायतले मुक्तक वाचन गर्नुभएको थियो भने अक्षरमार्गका सहसम्पादक ध्रुबकृष्ण ताम्रकारले मुक्तक सहित आफ्ना भनाइहरु राखनुभएको थियो । कार्यक्रमको अन्त्यमा साहित्यिक पत्रिका अक्षरमार्गका सम्पादक तथा कार्यक्रमका सभापति  सूर्यप्रसाद लाकोजूले प्रमुख अतिथि, विशेष अतिथिहरु तथा सम्मानित प्रतिभाहरुलाइ मायाको चिनो प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस