संचारकर्मी पोखरेलको ‘ढाँटे मरिजाम’ गीत सार्वजनिक (भिडियो)

नौलो समाचार संवाददाता
२०७७ चैत्र १४, शनिबार मा प्रकाशित १०७३ पटक पढिएको
संचारकर्मी पोखरेलको ‘ढाँटे मरिजाम’ गीत सार्वजनिक (भिडियो)

चैत १४, काभ्रे। संचारकर्मी सबिता पोखरेलको ‘ढाँटे मरिजाम’ युट्युव मार्फत सार्वजनिक भएको छ ।

लामो समयदेखि संचार क्षेत्रमा सक्रिय पत्रकार सबिता पोखरेलको शब्द रहेको गीतमा गायिका मन्जु उपासना र गायक एचबी सुनारको सुमधुर स्वर रहेको छ भने गीतमा संगीत गायक एचबी सुनारको रहेको छ ।

निकै नै रमाइलो गीतमा पछिल्लो समय टिकटकमा भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको उत्कृष्ट अभिनय देख्न पाइन्छ । भिडियोलाई कपिल कार्कीले निर्देशन गरेका छन् भने बालकुमार मगरको छायाँकन तथा सम्पादन रहेको छ ।

भिडियोमा सुनिल कुमार मगरको कोरियोग्राफी रहेको छ । भिडियोमा सपना लम्साल र स्मृति पौडेलको मेक अप रहेको छ ।

मञ्जरी म्यूजिकको यूट्यूबबाट सार्वजनिक भएको यो गीतको सुदीप सागरले संगीत संयोजन गरेका हुन् । भिडियो सार्वजनिक भएसँगै चर्चाको शिखरमा रहेको छ ।

हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया दिनुहोस