पनौतीमा सन्तोष ताम्राकारको अध्यक्षतामा संगीतकर्मी संघ गठन

नौलो समाचार संवाददाता
२०७७ चैत्र १५, आईतबार मा प्रकाशित ९०६ पटक पढिएको

पनौतीमा सन्तोष ताम्राकारको अध्यक्षतामा संगीतकर्मी संघ गठन

चैत १५, काभ्रे । पनौती र पनौतीमा रहेका प्रतिभावान कलाकारहरुलाई समेट्दै राष्ट्रिय संगीतकर्मी संघ पनौती शाखा गठन भएको छ । राष्ट्रिय संगीतकर्मी संघ काभ्रे शाखाले पालिकाहरु बिस्तार गर्ने क्रममा धुलिखेल नगरपालिका र बनेपा नगरपालिका, बेथानचोक गाउापालिका गठन गरिसकेको छ भने पनौती नगर समिति समेत गायक सन्तोष ताम्राकारको अध्यक्षतामा बिस्तार गरेको छ ।

संघले नगरभित्रका विविध विधामा कलाकारितामा सक्रिय कलाकारहरुलाई समेटेर कलाकारहरुको हक हित र कलाक्षेत्रको विकासमा लाग्न्े उद्देश्यले पनौती नगर बिस्तार गरिएको संघका जिल्ला अध्यक्ष अमरकृष्ण चन्दले जानकारी दिए । कलाक्षेत्रको उर्वर भूमि भनेर चिनिएको काभ्रे जिल्लाका पनौती नगरमा समेत थुप्रै प्रतिभा रहेको चन्दले जानकारी दिए ।

संघका बागमती प्रदेश उपाध्यक्ष सावित्री राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पनौतीका चर्चित गायक लसुन जोडी लक्ष्मण मातन्छे, सुरेन्द्र श्रेष्ठ लगायत नगरका कलाकारहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रमुख आथि राना मगर, लसुन जोडी लक्ष्मण मातन्छे, सुरेन्द्र श्रेष्ठ, पत्रकार विकुनारायण ताम्राकार लगायतले कलाकारिता र कलाक्षेत्रबारे धारणा राखेका थिए ।

गायक सन्तोष ताम्राकारको अध्यक्षतामा गठित सर्वसम्मत पनौती नगर समितिमा उपाध्यक्ष बिनोद गहतराज, सचिव रामकृष्ण श्रेष्ठ, सह सचिव सुरज खड्का, कोषाध्यक्ष जमुना सापकोटा, सह कोषाध्यक्ष बिक्रम सुवाल सर्वसम्मत चयन भएका छन् ।
यस्तै नवगठित पनौती शाखा कार्यसमितिमा सदस्यहरु माया लामा, शरणबहादुर सापकोटा, स्मृति बजगाई, पुर्णगोपाल कर्माचार्य, बालकृष्ण श्रेष्ठ, राजाराम कर्माचार्य, प्रकृति पसछे निर्विरोध चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस