काभ्रेमा आज थप ३ जनामा कोरोना संक्रमण

नौलो समाचार संवाददाता
२०७७ चैत्र १६, सोमबार मा प्रकाशित ७६४ पटक पढिएको

काभ्रेमा आज थप ३ जनामा कोरोना संक्रमण

चैत १६, काभ्रे । काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार आज थपिएका संक्रमित बनेपा नगरपालिकाका रहेका छन् ।

योसँगै काभ्रेमा कोरोना संक्रमितको कुल संख्या ३३ सय ८० पुगेको छ ।

जिल्लामा अहिले ३ जना महिला र ७ पुरुष गरी १० जना सक्रिय कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका काभ्रेले जनाएको छ । कार्यालयका अनुसार सबै सक्रिय संक्रमित होम आईसोलेसनमा रहेका छन् ।

कोरोनाका कारण काभ्रेमा हालसम्म ६३ जनाको मृत्यु भैसकेको छ , जसमध्ये काभ्रे जिल्लका ४५ जना छन् भने अन्य जिल्लाका १८ जना रहेका छन् ।

थप विवरण हेर्नुहोस :-


प्रतिक्रिया दिनुहोस