काभ्रेमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७७ चैत्र १९, बिहिबार मा प्रकाशित ७४७ पटक पढिएको
काभ्रेमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना डिस्चार्ज

चैत्र १९, काभ्रे । काभ्रे जिल्लामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका संक्रमित पनौती र धुलिखेल नगरपालिकाका १/१ जना रहेका छन् ।

योसँगै काभ्रेमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ३३ सय ९२ पुगेको छ ।

जिल्लामा अहिले ३ जना महिला र १४ पुरुष गरी १७ जना सक्रिय कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका काभ्रेले जनाएको छ । कार्यालयका अनुसार सबै सक्रिय संक्रमित होम आईसोलेसनमा रहेका छन् ।

यस्तै आज उपचार पश्चात निको भई ३ जना डिस्चार्ज भएका छन् ।

कोरोनाका कारण काभ्रेमा हालसम्म ६३ जनाको मृत्यु भैसकेको छ , जसमध्ये काभ्रे जिल्लका ४५ जना छन् भने अन्य जिल्लाका १८ जना रहेका छन् ।

थप विवरण हेर्नुहोस :-

प्रतिक्रिया दिनुहोस