४ महिनादेखि रोकिएको शिक्षकको तलब निकासा

नौलो समाचार संवाददाता
२०७७ चैत्र २०, शुक्रबार मा प्रकाशित ५८२ पटक पढिएको
४ महिनादेखि रोकिएको शिक्षकको तलब निकासा

काभ्रे, चैत २०, काभ्रे। पनौती नगरपालिकाले ४ महिनादेखि रोकिएको शिकक्षको तलब निकासा गरेको छ । समुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारी तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुको मंसिरदेखी फागुन महिनासम्मकोे तलव भत्ता निकासा गरिएको हो ।

नगरपालिकाले मासिक तलव दिने गरेकोमा पछिल्लो पटक दरबन्दी मिलानमा देखिएको समस्याका कारण शिक्षको तलब रोकिएको थियो ।

बुधबार नगरभित्रका ३६ वटा विद्यालयको बैंक खातामा शिक्षको तलब पठाइएको शिक्षा शाखाका स्रोत व्यक्ति महेश्वर जंगमले जानकारी दिनुभयो ।

लामो समय शिक्षकको तलब रोकिँदा शिक्षकहरु मारमा परेको पुण्य माध्यामिक विद्यालयकी प्रधानाध्यापक सरस्वती कणेलले बताउनुभयो ।

यस्तै भालेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाले तलव रोकिँदा समस्या पर्नु स्वभाविक भएपनि जटिल रहेको दरबन्दी मिलानको समस्या समाधान हुनु राम्रो पक्ष रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस