राष्ट्रपति भण्डारीद्धारा मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन

नौलो समाचार संवाददाता
२०७७ चैत्र २०, शुक्रबार मा प्रकाशित ६८८ पटक पढिएको
राष्ट्रपति भण्डारीद्धारा मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन

चैत २०, काठमाडौँ । राजधानीवासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन गरिएको छ ।

भृकुटीमण्डपमा धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको औपचारिक समुद्घाटन गरेकी हुन् ।

यद्यपि उपभोक्ताको धारामा पानी पुग्न भने गएको आइतवारबाटै शुरू भइसकेको छ ।

मेलम्चीको पानी पिउने राजधानीवासीको झण्डै ३ दशक पुरानो मृगतृष्णा अहिले आएर पूरा भएको हो ।

समुद्घाटन समारोहमा राष्ट्रपति भण्डारीका अलावा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस